२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

रास्कोट नगरपालिकामा SEE तयारीका लागि ‘आवासीय कक्षा’ सञ्चालन, शैक्षिक सुधारको नयाँ पहल



 

रास्कोट, कालिकोट –
आगामी माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजालाई प्रभावकारी रूपमा सुधार गर्न रास्कोट नगरपालिकाले एक महत्त्वाकांक्षी आवासीय शिक्षण-सिकाइ कार्यक्रम सुरु गरेको छ।
नगरपालिकाभित्र रहेका चारवटै माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीलाई लक्षित गर्दै मंसिरको पहिलो हप्तादेखि यो कार्यक्रम निरन्तर सञ्चालन भइरहेको
नगरपालिका शिक्षा शाखा प्रमुख खेमराज शाहीले जानकारि दिनु भएकाे छ ।

विद्यार्थीहरूलाई आवासमै राखेर विशेष कक्षा सञ्चालन गर्दा विद्यार्थी जसले उनीहरूको परीक्षा तयारीलाई थप प्रभावकारी बनाउने बताउनु भएकाे छ ।

हाल यो विशेष आवासीय पठनपाठन चार माध्यमिक विद्यालयहरूमा औपचारिक रूपमा सुरु भएको छ जसमा
श्री बडिमालिका मा.वि, स्यूना श्री मोतिराम मा.वि, सिपखाना श्री जनजागृति मा.वि श्री कालिशिल्ला मा.वि
विद्यालय रहेका छन ।


काललासिल्ला मा विका प्रधानाध्यापक देवराज चाैलागाईका अनुसार यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई मुख्य विषयहरूको दोहोरो अभ्यास, प्रश्नपत्र समाधान, शैक्षिक परामर्श, र अनुशासित अध्ययनको वातावरण प्रदान गर्ने र शिक्षकहरूले दैनिकरूपमा पाठ्यक्रमको गहन पुनरावृत्ति (Revision) गराउनुका साथै विद्यार्थीको कमजोर पक्ष पहिचान गरी अभ्यास–आधारित सिकाइलाई प्राथमिकतामा राखेका बताउनु भएकाे छ ।


नगरप्रमुख धर्मराज शाही पाेषणले यस पहललाई विद्यार्थीको शैक्षिक सुधारका लागि एक महत्वपूर्ण कदमको रूपमा लिएको बताउनुभयो।
यश कार्यक्रमले सिकाई क निरन्तर जारी रहने र यसले यस SEE मा नतिजा उल्लेखनीय रूपमा सुधार गर्ने र समग्र नगरपालिकाकाे शैक्षिक गुणस्तर बढाउने विश्वास लिएकाे नगर प्रमुख शाहीले बताउनु भएकाे छ ।

प्रकाशित मिति : २०८२ मंसिर ८ गते सोमबार