२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

रास्कोटमा अखिल (समाजवादी) द्वारा कक्षा १० का विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



 

कालिकोट

अखिल (समाजवादी) काठमाडौं जिल्ला इञ्चार्ज ललिजङ सीको विशेष उपस्थितिमा कालिकोट जिल्ला, रास्कोट नगरपालिका–२ स्थित श्री मोतिराम माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का ७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक धर्मसिंङ नाथ योगी सहित सम्पूर्ण विद्यालय परिवारको सहभागिता रहेको थियो। सो अवसरमा अखिल (समाजवादी) तर्फबाट दयाराम सी, अशोक सी, सतल सी, निराजन सी, जेन्जि प्रतिनिधि दिपक शाही, समिर शाही लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै इञ्चार्ज ललिजङ सीले देशभर शैक्षिक क्षेत्रमा देखिएका विविध समस्या विरुद्ध अखिल (समाजवादी) निरन्तर विद्यार्थीका हक–हित र अधिकारका लागि संघर्षरत रहेको बताउनुभयो। उहाँले दुर्गम क्षेत्रका विद्यालयले अपेक्षित नतिजा ल्याउन नसक्नुमा विद्यालयभित्रको अस्वस्थ राजनीतिको पनि भूमिका रहेको उल्लेख गर्दै, शिक्षामा देखिएका विकृति र समस्याविरुद्ध सबै एकताबद्ध भएर लड्नुपर्नेमा जोड दिनुभयो।

उहाँले संगठनले देशभर थुप्रै रचनात्मक कार्यहरू गर्दै आएको जानकारी पनि दिनुभयो। धादिङको च्यात्रा चेपाङ बस्तीमा चेपाङ बालबालिकाका लागि विद्यालय निर्माणदेखि संगठनलाई आत्मनिर्भर बनाउन आफ्नै ग्रामेन्ट सञ्चालनमा ल्याइएको र उत्पादनसँग संगठनलाई जोडिएको जानकारी समेत दिनुभयो।

अखिल (समाजवादी) का अनुसार यस्ता रचनात्मक कार्यक्रमहरू मार्फत दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शिक्षा प्रति प्रोत्साहित गर्ने उद्देश्य लिइएको हो।

प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार