कालिकोट ।
अशाेक शाही
कालिकोटको महावै गाउँपालिकाद्वारा आयोजित चौथो अध्यक्ष कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि रास्कोट नगरपालिकाले जितेको छ।
आज सम्पन्न रोमाञ्चक फाइनल खेलमा रास्कोटले नरहरिनाथ गाउँपालिकालाई पराजित गर्दै उपाधि हात पारेको हो।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा रास्कोटले अन्तिम तथा निर्णायक सेटमा १५–१३ को साँघुरो अन्तरले जित निकालेको थियो।
खेलको पहिलो सेट नरहरिनाथ गाउँपालिकाले जितेर अग्रता लिएको थियो। तर, दोस्रो सेटमा रास्कोट नगरपालिकाले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो।
त्यसपछिका सेटमा पनि दुई टोलीबीच कडा प्रतिस्पर्धा चलेको थियो। चौथो सेट नरहरिनाथले जितेपछि खेल पाँचौं तथा अन्तिम सेटमा पुगेको थियो। निर्णायक सेटमा रास्कोटले उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गर्यो।।
२०८२ साल कार्तिक ११ गतेबाट सुरु भएको यस प्रतियोगितामा पालिका स्तरीय महिला भलिबल र वडा स्तरीय पुरुष खुला भलिबल प्रतियोगिता समावेश गरिएको छ।
सहजीकरण एकता युवा क्लबका सचिव प्रकाश बहादुर शाहीका अनुसार, महिलातर्फको भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ भने पुरुषतर्फको अन्तिम खेल भोलि अर्थात (शुक्रबार) सम्पन्न हुने आयाेजकले जानकारि दिएकाे छ ।










प्रतिक्रिया दिनुहोस्