काठमाडौं ।
नेपालको वर्तमान राजनीतिक परिस्थिति विश्व जियो राजनीति र जेन जी बिद्रोह विशेषगरी कम्युनिस्ट आन्दोलन भित्र देखिएको “अवसरवाद” प्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै ‘अर्को क्रान्ति’ को आवश्यकता औंल्याइएको छ। “जनयुद्धमा जीवित रहेका अवसरवादी” र “नेकपा माओवादी केन्द्रका रैती खेतालाहरू” को व्यवहारले क्रान्तिकारी धारलाई कमजोर बनाउनका निम्ति विभिन्न कोणबाट टिप्पणी गर्दै, ‘कम्युनिस्ट पार्टी नेपाल को राजनीतिक कार्यक्रम हरु को गहिरिएर अध्यायन नगरी गरिएको टिप्पणी अधुरो हुनेछहाम्रा कार्यक्रम सर्वपक्षीय अन्तरिम सरकार संबिधान पुनर लेखन,निर्वाचन हाम्रो एकीकृत जनक्रान्ती को कार्यदिशा ले देखाएको बाटो हो देशको पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित कम्युनिस्ट पार्टी नेपाल का प्रस्तावहरु:
१. सर्वपक्षीय अन्तरिम सरकार र संविधान पुनर्लेखन
क) राज्य पुनर्संरचना
ख) प्रत्यक्ष निर्वाचित कार्यकारी
ग) समाजवादी संघीयता
घ) आम निर्वाचन
२. भ्रष्टाचार विरोधी शक्तिशाली नागरिक आयोग गठन
क) भ्रष्टाचारका मुद्दाको अन्तिम फैसला हुने विशेष अदालत
ख) भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण र भ्रष्टलाई जन्मकैद
ग) १ हजार र ५ सयका नोटबन्दी
३. राष्ट्रिय स्वाधीनताको रक्षा
४. देशद्रोही NGO/INGO खारेज
५. साँस्कृतिक अतिक्रमण अन्त्य गरेर जनसंस्कृतिको रक्षा
६. गोलमेच सम्मेलन
७. निर्वाचन सुरक्षाको लागि उच्च स्तरीय संयन्त्र गठन
८ कम्युनिस्ट केन्द्रको निर्माण
९. पार्टीले १ उद्योग संचालन गर्ने
१०. प्रत्येक शनिबारलाई शहीद सम्मान दिनको रूपमा मनाउने यसमा ध्यानाकर्षण गराउन चाहान्छु र यसको थप पुणतामा अपनाउनु पर्ने स्पष्ट, वैज्ञानिक र व्यवहारिक आधारभूत मान्यताहरू (Fundamental Principles) प्रस्ताव गरिएको छ।
वर्तमान “दलाल संसदीय व्यवस्था” ले जनताको हित गर्न नसक्ने भन्दै यसको विकल्पमा नेपाली विशेषताको वैज्ञानिक समाजवाद स्थापनाको लागि स्पष्ट वैचारिक र राजनीतिक कार्यक्रमसहित अघि बढ्नुपर्नेमा जोड दिइएको छ।यसमा ध्यान दिनुपर्ने ८-बुँदे आधारभूत मान्यताहरू कम्युनिस्ट पार्टी नेपालको आगामी बाटो स्पष्ट पार्नका लागि निम्न ८-बुँदे वैचारिक र रणनीतिक आधारहरूका बारेमा बहस जरुरी छ
१. पथप्रदर्शक सिद्धान्त (मालेमावाद):
पार्टी मार्क्सवाद–लेनिनवाद–माओवादप्रति पूर्ण प्रतिबद्ध हुनुपर्नेछ। वर्गसंघर्ष, सर्वहारा अधिनायकत्व, र नेपाली विशेषताको समाजवाद हुँदै साम्यवादसम्मको यात्रालाई स्वीकार गर्दै, मार्क्स, एङ्गेल्स, लेनिन र माओका विचारहरूको सृजनात्मक प्रयोग ‘एकीकृत जनक्रान्ति’को फौजी कार्यदिशा र राजनीतिक कार्यक्रममार्फत गर्नुपर्नेछ।
२. जनताको सर्वोच्चता र वर्गीय एकता:
देशको सम्पूर्ण सत्ता र निर्णय प्रक्रिया जनतामा निहीत हुनुपर्नेछ। मजदुर, किसान, विद्यार्थी, महिला, श्रमिक, आदिवासी जनजाति र राउटे जस्ता पिछडिएका वर्गबीचको ऐक्यबद्धतालाई सुदृढ गर्नुपर्नेछ।
३. साम्राज्यवाद र विस्तारवाद विरोधी संघर्ष:
MCC र SPP जस्ता “राष्ट्रघाती” कार्यक्रमहरूको स्पष्ट विरोध गरिनुपर्छ। विदेशी प्रभुत्व, राष्ट्रिय निर्भरता र सामन्ती अवशेषहरूविरुद्ध निरन्तर राजनीतिक र वैचारिक संघर्ष जारी राख्नुपर्नेछ।
४. राष्ट्रिय स्वतन्त्रता र जनसत्ता:
“दलाल संसदीय व्यवस्था”को अन्त्य गरी जनताको अधिकारमा आधारित समाजवादी व्यवस्था स्थापनामा जोड दिनुपर्नेछ। यसका लागि पूर्ण समानुपातिक प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनु पर्ने र १९५० लगायतका सम्पूर्ण असमान सन्धि-सम्झौताहरू खारेजीको पक्षमा उभिनुपर्नेछ।
५. वैज्ञानिक समाजवाद र जनमुखी विकास:
उत्पादनका साधनहरूमाथि ‘एकीकृत स्वामित्व प्रणाली’ (जनताको स्वामित्व) लागू गरी समान वितरणमा जोड दिने आर्थिक नीति अवलम्बन गर्नुपर्नेछ। शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क हुनुपर्ने र युवालाई विदेश पलायनबाट रोक्न ठोस नीति तथा कार्यक्रम ल्याउनु अनिवार्य छ।
६. लोकतान्त्रिक केन्द्रीयता:
पार्टीभित्र ‘विचारमा स्वतन्त्रता र कार्यमा एकता’ को सिद्धान्त लागू गरिनुपर्छ। निर्णय प्रक्रिया सामूहिक र लोकतान्त्रिक हुनुपर्ने, तर निर्णय भइसकेपछि त्यसको कार्यान्वयनमा सम्पूर्ण पार्टी एकरूपताका साथ लाग्नुपर्नेछ। विभाजन र विचलनलाई स्थान दिनुहुँदैन।
७. अनुशासन र जनउत्तरदायित्व:
पार्टी सदस्यहरूमा आदर्श, त्याग र जनसेवाको भावना हुनुपर्नेछ। भ्रष्टाचार र अवसरवादविरुद्ध कठोर अनुशासन अपनाउँदै, जनताको हितविपरीत काम गर्ने निर्वाचित प्रतिनिधिलाई ‘फिर्ता बोलाउने’ (Right to Recall) र पुनः चुनाव गराउने व्यवस्था सुनिश्चित गरिनुपर्छ।
८. क्रान्तिकारी रूपान्तरणको रणनीति:
पुरानो शोषणकारी राज्य संरचनालाई रूपान्तरण गर्न ‘एकीकृत जनक्रान्ति’ मार्फत चरणबद्ध र जनआधारित संघर्षमा जानुपर्नेछ। यो राजनीतिक संघर्षलाई आर्थिक (एकीकृत स्वामित्व) र सांस्कृतिक रूपान्तरणसँग एकसाथ जोडेर अघि बढ्नुपर्नेछ।










प्रतिक्रिया दिनुहोस्