२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

चीन र भारतकाे सहमतिमा लिपुलेक सहमति विरुद्ध धर्ना बसेका फणीन्द्र नेपाल पक्राउ



दिपेन्द्र ब शाही
काठमाडौं-
भारत र चीनकाे सहमतिमा नेपाली भुमि लिपुलेक हुँदै मानसरोवर जाने मार्ग विरुद्ध धर्नामा बसेका ग्रेटर नेपालमा संयाेजक फनिन्र्द नेपाललाई प्रहरीले पक्राउ गरेकाे छ ।

सिंहदरबारकाे दक्षिण ढाेकामा धर्ना लिएर बसेका नेपाललाई प्रहरीले निषेधित क्षेत्रमा प्रदशन गरेकाे भन्दै धरपकड सहित पक्रउ गरेकाे हाे ।

उनी साेमबार देखि चीन र भारतले लिपुलेक नेपालकाे अनुमति बिना प्रयाेग गरेकाे र नेपाल सरकारले साे सहमति विरुद्ध कुनै चासाे नदिएकाे भन्दै धर्नामा बसेका थिए ।

प्रकाशित मिति : २०८१ पुस २३ गते मंगलबार