अशाेक
कालिकोट, (२०८२ असोज ५)
– आसन्न दशैं र तिहारलाई लक्षित गरी कालीकोटको पचालझरना गाउँपालिकाले बजार अनुगमन गरेको छ।
गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी र प्रहरीसहितको टोलीले वडा नं. ७ को घाटाचौर, वडा नं. ८ को जारकोट र भैंसीशैन क्षेत्रमा रहेका बजारहरूको अनुगमन गरेको हो।
अनुगमनका क्रममा बजारमा बिक्री भइरहेका दैनिक उपभोग्य सामानको मूल्य, गुणस्तर, उत्पादन मिति र म्याद सकिने मिति जाँच गरिएको थियो। यस क्रममा म्याद गुज्रिएका सामानहरू फेला परेका छन्।
टोलीले करिब १० बराबरको म्याद नाघेका सामान जफत गरी नष्ट गरेको छ।
गाउँपालिका अध्यक्षले चाडपर्वका बेला उपभोक्तालाई ठगी हुनबाट बचाउन र गुणस्तरीय वस्तु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न अनुगमन गरिएको बताउनुभयो। यो अभियानले व्यवसायीहरूलाई पनि जिम्मेवारी बनाउन मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
गाउँपालिकाका अनुसार, चाडपर्वमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि र म्याद सकिएका खाद्यान्न नियन्त्रण गर्ने गरि बेलाबखत यस्ताे अनुगमनलाई निरन्तरता दिइनेछ। गाउँपालिका अध्यक्ष देवराज शाही (अग्नि)ले जानकारि दिनु भएको छ।
याे अनुगमन बाट उपभोक्ताले स्वच्छ र गुणस्तरीय सामान उचित मूल्यमा पाउने अपेक्षा गरिएको समेत गरेका छन।












प्रतिक्रिया दिनुहोस्