२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

शिवबिहार मेडिकल हलमाथि गलत उपचार गरेको आरोप, बिरामीका आफन्त आक्रोशित



 

वीरेन्द्रनगर, सुर्खेत –
वीरेन्द्रनगर-१२, एयरपोर्ट चोक नजिकै रहेको शिवबिहार मेडिकल हलले गलत उपचार गरेको भन्दै एक बिरामीका आफन्तले आक्रोश पोखेका छन्।

२० वर्षीया निरुता वलीलाई डेङ्गी हुँदा पनि मेडिकलले सामान्य भाइरल ज्वरो भनी एन्टिबायोटिक दिएको आरोप लागेको छ।
परिवारका अनुसार, तीन दिनसम्म एन्टिबायोटिक सेवन गर्दा पनि वलीको स्वास्थ्यमा कुनै सुधार आएन। त्यसपछि उनलाई थप उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो।

प्रदेश अस्पतालमा गरिएको परीक्षणमा वलीको रगतमा सेतो रक्तकोष (WBC) को मात्रा अत्यधिक कम भएको र उनलाई डेङ्गी संक्रमण भएको पुष्टि भएको थियो। मेडिकल हलका ल्याब असिस्टेन्ट मंगल शर्माले सेतो रक्तकोष कम भएको रिपोर्ट दिए पनि त्यसलाई बेवास्ता गरी गलत औषधि दिएको परिवारको आरोप छ।

गलत उपचारका कारण बिरामीको ज्यान जोखिममा परेको भन्दै आक्रोशित परिवारका सदस्यले शिवबिहार मेडिकल हलमै पुगेर विरोध जनाएका थिए। उनीहरूले मेडिकलका स्वास्थ्यकर्मीको लापरवाहीका कारण यस्तो घटना भएको भन्दै उचित कारबाहीको माग गरेका छन्।

यस घटनाले स्वास्थ्य सेवा प्रदायकहरूको योग्यता र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायले यस्ता मेडिकलहरुकाे समयमै निरिक्षणा गरि नागरिककाे स्वास्थ्यमाथि लापरवाही गर्ने क्लिनिकहरुलाई कारबाहीमाे दाएरामा ल्याउनु पर्ने बताएका छन ।

https://www.facebook.com/share/v/19oTTHjCbM/

 

 

प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार