२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

सेनाको हेलिकप्टर बड्डिचौरमा आकस्मिक अवतरण



अशाेक
बड्डिचौर, सुर्खेत, २०८२ साउन १९

कालिकोटबाट बिरामी लिएर नेपालगन्ज जाँदै गरेको नेपाली सेनाको हेलिकप्टर मौसम खराबीका कारण बड्डिचौरमा आकस्मिक अवतरण गरेको छ।

बिरामी बोकेको हेलिकप्टर मौसम बिग्रिएपछि बिहीबार दिउँसो बड्डिचौरको झिँझिनीमा रहेको चौकुने बहुमुखी क्याम्पस नजिकैको खाली जग्गामा अवतरण गरेको हो। हेलिकप्टरमा पाइलटसहित चार जना यात्रु र एक जना बिरामी रहेको जनाइएको छ।

हेलिकप्टर अहिले सुरक्षित रूपमा अवतरण भएको र बिरामीको अवस्था सामान्य रहेको नेपाली सेनाले जानकारी दिएको छ। मौसममा सुधार आउनेबित्तिकै हेलिकप्टर नेपालगन्जका लागि उड्नेछ बताईएकाे छ ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार