कैलाली, २०८१ साउन १४ गते:
सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी कैलालीको लम्कीमा एकापसमा ठोक्किएका छन्। दुर्घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार, से.१ झ ३३० नम्बरको गाडी र बा.२ झ १४१९ नम्बरको गाडी मंगलबार लम्कीमा ठोक्किएका हुन्। दुर्घटनामा दुवै गाडीमा क्षति पुगेको छ।
प्रहरीका अनुसार, बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा र से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ।
दुर्घटना हुँदा से.१ झ ३३० नम्बरको गाडीमा मन्त्री सुरेन्द्र पाल सवार थिए भने बा.२ झ १४१९ नम्बरको गाडीमा मन्त्री हिरासिंह सार्की सवार थिए। मन्त्री सार्कीको गाडी अगाडि रहेको र त्यसलाई मन्त्री पालको गाडीले पछाडिबाट ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्