सिरहा, असार ३२
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
अख्तियार बर्दिबासको टोलीले मेयर साहलाई बुधबार एक लाख रुपैयाँसहित नगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार, नगरपालिकामा २० लाख रुपैयाँको बजेटमा निर्माण भएको नालाको भुक्तानीका लागि मेयर साहले उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन मागेका थिए। कमिसन नदिएपछि उनले योजनाको चेक रोकेका थिए। एक हप्तासम्मको छलफलपछि मेयर साहले चेक दिनुअघि एक लाख रुपैयाँ मागेका र बाँकी रकम चेकको पैसा खातामा आएपछि दिने सहमति भएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। टोलीले नगरपालिका कार्यालयमै मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरिरहेको बताइएको छ।










प्रतिक्रिया दिनुहोस्