२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

धान दिवसको पीडा : सामाजिक सञ्जालमा रमाइलो, खेतबारीमा किसानको आँसु



काठमाडौं

अशाेक

असार १५, सुर्खेत –
आज देशभर राष्ट्रिय धान दिवसधुमधामकाे साथमा मनाईदै छ ।
खेतमा हिलो खेल्दै, रोपाईं गर्दै गरेका तस्बिर र भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन्।

धान दिवसको रमझम एकातिर छ भने वर्षभरि अन्न उब्जाउन संघर्ष गरिरहेका किसानका गुनासा र बेदना अर्कोतिर छन्।
सामाजिक सञ्जालमा भाइरल हुने उद्देश्यले धान दिवसलाई केवल तडकभडक र मनोरञ्जनको माध्यम बनाइएको भन्दै कृषकहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

धान रोप्ने बेला कहिले हुन्छ, बीउ कहिले राख्नुपर्छ जस्ता सामान्य जानकारी समेत नभएका व्यक्तिहरु धान दिवसमा कृषकको भेषमा फोटो खिचाएर सामाजिक सञ्जालमा ‘ट्रेन्ड’ हुन खोजिरहेका छन्। यो केवल देखावटी भएको र यसले वास्तविक किसानको भावनालाई उपहास गरेको किसानहरुको गुनासो छ।

“हामी किसानलाई मल पाइँदैन, सिँचाइका लागि सरकारले कुलो बनाई दिन्न कुलाेकाे लागि माग गर्दा कमिसनकाे कुरा हुन्छ । धानकाे बारेमा थाहै नपाउनेहरु अहिले धान दिवस मनाउँदै हिँडेका छन्। योभन्दा लाजमर्दो कुरा अरु के होला?”

नेपाल कृषि प्रधान देश भएता पनि यहाँका किसानहरुलाई वर्षभरि खान पुग्ने अन्न उब्जाउन पनि धौधौ परिरहेको छ। समयमा मल नपाउनु, सिँचाइको अभाव हुनु, उन्नत जातको बीउको सहज उपलब्धता नहुनु जस्ता समस्याले किसानहरुलाई सताइरहेको छ। यस्तो अवस्थामा धान दिवसको नाममा हुने फेजुल खर्चले किसानहरुलाई थप निराश बनाएको देखिन्छ ।

“यदि सरकारले धान दिवसमा गर्ने खर्च किसानलाई सिँचाइ सुविधा, मल, बीउबिजन उपलब्ध गराउनमा लगाउने हो । भने त्यो धेरै उदाहरणीय काम हुने थियो, हामीलाई भाषण र तामझाम होइन, काम चाहिएको छ।”

किसानहरुले धान दिवसलाई कृषि कर्मको महत्व उजागर गर्ने र किसानका समस्याहरुलाई सम्बोधन गर्ने अवसरको रुपमा लिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमा रमाउनेहरुले पनि वास्तविक किसानको सम्मान गर्दै उनीहरुका समस्यालाई बुझ्ने प्रयास गर्नुपर्ने हाे तर किसानकाे बेहिजेत गर्छन । किसानलाई अपहाेलित गर्छन किसान सँग उपयुक्त साधान स्राेत नहुदा किसान समस्यामा परिरहेका छन ।
तर सराेकारवाला निकाएका व्याक्ति भने धान दिवसकाे अवसर पारेर राज्यकाे पैसा वालुवाकाे पनि झै गरि रहेका छन ।

यदि धान दिवसलाई साँच्चै सार्थक बनाउने हो भने किसानका समस्या समाधानमा ठोस कदम चाल्नु अपरिहार्य छ। तब मात्र यो दिवस देखावटी नभई वास्तविक किसानको उत्सव बन्न सक्नेछ।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार