२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

विश्व नेतृत्वको नयाँ खेल: अमेरिका पछि हट्दै, चीन अघि बढ्दै” अनिपाल शाही



काठमाडौं ।
विश्व राजनीतिक तथा आर्थिक शक्ति सन्तुलन यतिबेला नयाँ मोडमा पुगेको विश्लेषण गरिएको छ।
पछि तीव्र रूपमा उदाएको  अहिले क्रमशः चुनौतीको सामना गरिरहेको छ भने  नयाँ महाशक्तिको रूपमा चिन उभिने संकेत देखिएको छ।

इतिहासलाई हेर्दा, दोस्रो विश्वयुद्धका बेला अमेरिका प्रत्यक्ष रूपमा प्रारम्भिक चरणमा तटस्थ देखिए पनि आन्तरिक रूपमा आफ्नो औद्योगिक, सैन्य तथा आर्थिक शक्ति मजबुत बनाउँदै गएको थियो। युद्धका कारण युरोपेली राष्ट्रहरू ठूलो क्षतिमा पुगेपछि अमेरिका विश्व नेतृत्वमा उक्लिएको थियो।

युद्धपछिको कालखण्डमा  सुरु भयो, जहाँ अमेरिका  वैचारिक तथा रणनीतिक प्रतिस्पर्धा चर्कियो। सन् १९९० को दशकमा सोभियत संघको विघटनसँगै अमेरिका एकछत्र विश्व शक्ति बन्न सफल भयो।

तर पछिल्ला वर्षहरूमा विश्व शक्ति सन्तुलन फेरि बदलिँदै गएको देख्न सकिन्छ । विशेषगरी चीनले आर्थिक, प्राविधिक र सैन्य क्षेत्रमा तीव्र प्रगति गर्दै अमेरिकालाई चुनौती दिन थालेको विश्लेषणहरू सार्वजनिक भइरहेकाे छ।

विश्लेषकहरूका अनुसार चीनले प्राचीन चिनियाँ दार्शनिक  का नैतिक मूल्य र सैन्य रणनीतिकार  को “युद्ध नगरी जित्ने” सिद्धान्तलाई आधुनिक रणनीतिमा रूपान्तरण गर्दै अघि बढिरहेको छ। प्रत्यक्ष युद्धभन्दा आर्थिक प्रभाव, कूटनीति र प्रविधिमार्फत विश्वमा प्रभाव विस्तार गर्ने चीनको नीति प्रभावकारी बन्दै  गएको देख्न सकिन्छ।

अमेरिका भने आन्तरिक राजनीतिक विभाजन, आर्थिक चुनौती र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका कारण केही कमजोर देखिन थालेको  यति खेर टिप्पणीहरू भइरहेका छन्। यद्यपि, अमेरिका अझै पनि विश्वकै प्रमुख सैन्य तथा आर्थिक शक्ति रहेको तथ्यलाई भने नकार्न सकिँदैन।

विश्व शक्ति सन्तुलनको यो परिवर्तनले आगामी दशकमा नयाँ भू-राजनीतिक प्रतिस्पर्धा झनै तीव्र हुने संकेत देखिएको बेला  चीनले  युद्ध बिना नै विश्वकाे  नेतृत्व हासिल गर्न सक्छ या सक्दैन हेर्न भने  बाँकी  छ ।

प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार