प्रतिमा शाही
काठमाडौं, असार २५ –
नेपाल प्रहरीको साइबर ब्यूरोले गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा निरन्तर गालीगलौज र आपत्तिजनक टिप्पणी गरेको आरोपमा गुञ्जन राईलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार चितवन स्थायी ठेगाना भई हाल ललितपुरको बाडेगाउँमा बसोबास गर्दै आएका ३३ वर्षीय राईलाई गायिका चौहानको जाहेरीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार राईले चौहानका तस्बिर र भिडियोमा नकारात्मक र अपमानजनक टिप्पणी गर्दै सामाजिक सञ्जालमा दुर्व्यवहार गरेका थिए। सोही कारण गायिका चौहानले दिएको जाहेरीको आधारमा राईलाई पक्राउ गरिएको हो।
पछिल्लो समय सामाजिक सञ्जालमा गायिका एलिना चौहान र मोडल सचिता शाहीलाई लक्षित गरी आपत्तिजनक शब्द प्रयोग गर्दै कमेन्ट तथा शेयर गर्ने क्रम बढेको छ। साइबर ब्यूरोले यस्ता गतिविधि नगर्न बारम्बार सचेत गराउँदै आए पनि सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरु अझै पनि सक्रिय रहेको पाइएको छ।
साइबर ब्यूरोले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएकाे छ।










प्रतिक्रिया दिनुहोस्