धनगढी, जेठ १९
नेसपा (नयाँ शक्ति) पार्टी का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आज धनगढीमा पार्टीका कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् ।
नेसपा (नयाँ शक्ति )महाधिबेशनको भावसम्प्रेषण
तथा दोस्रो भेला कार्यक्रम भेलामा सहभागी हुन धनगढी आइपुगेका भट्टराईलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले खादा र फूलमाला लगाएर स्वागत गरेका हुन् ।
भट्टराई कञ्चनपुरको बेलौरी नगरपालिकामा जेठ २० गते हुने महाधिबेशनको तथा भावसम्प्रेषण भेलामा सहभागी हुन धनगढी आइपुगेका हुन् । पार्टीको प्रदेश भेलामा सुदूरपश्चिम प्रदेशभरिका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहनेछ । भेलाले पार्टीको सांगठनिक सुदृढीकरण, आगामी रणनीति र प्रदेशका समसामयिक राजनीतिक मुद्दाहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ ।
डा. भट्टराईको आगमनले सुदूरपश्चिममा नेसपाको संगठनमा थप ऊर्जा थपिएको जिल्ला इन्चार्ज देपेन्द्र बहादुर शाहीले बताएका छन ।











प्रतिक्रिया दिनुहोस्