२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

कर्णालीमा समाजवादी मोर्चाको बहस र नयाँ नेतृत्व : सुशील सी



कर्णाली प्रदेशमा समाजवादी मोर्चा नेपालको आयोजनामा सम्पन्न प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमले संगठनात्मक बहससँगै नयाँ नेतृत्व चयन गरेको छ। कार्यक्रमबाट समाजवादी मोर्चाको कर्णाली प्रदेश संयोजकको जिम्मेवारी सुशील सीलाई प्रदान गरिएको छ।सुशील सीलाई कार्यक्रमका बिच निवर्तमान संयाेजकले माेर्चाकाे माइन्युट हस्ताक्षर गरेर जिम्मेवारी हस्ताक्षर गरिएको थियोे ।

कार्यक्रमका प्रमुख वक्ता देव गुरुङले अहिलेको सरकारलाई ‘काण्डै काण्डले भरिएको’ भन्दै चर्को आलोचना गरे। उनले वर्तमान संकट समाधानका लागि समाजवादी शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। “सामन्ती, दलाल र प्रतिक्रियावादी गठबन्धनसँग लड्न समाजवादी मोर्चा सशक्त हुन जरुरी छ,” उनले भने।

पूर्वमुख्यमन्त्री राजकुमार शर्माले राजनीतिक संक्रमणलाई स्थायीत्व दिन संघीय गणतन्त्रलाई जोगाउन समाजवादी मोर्चाको भूमिका अपरिहार्य रहेको बताए। “प्रधानमन्त्री स्वयं गणतन्त्र मास्न उत्साहित देखिन्छन्, हामीले सचेत रहनु पर्छ,” उनले भने।

नेकपा कर्णाली प्रदेश इन्चार्ज कर्ण बुढाथोकी सुशीलले समाजवादी आन्दोलनलाई जनस्तरसम्म पुर्‍याउन ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। उनले समाजवादी मोर्चालाई एकताबद्ध र जनजीवनसँग जोडिने दिशामा लैजानुपर्ने धारणा राखे।

समसामयिक राजनीतिक परिवेश र समाजवादी मोर्चा नेपालको कार्यभार” विषयक अन्तरक्रिया कार्यक्रममा माओवादी केन्द्रका महासचिव देव गुरुङ, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा एकीकृत समाजवादीका ठगेन्द्र पुरी नेकपा विप्लवका कर्णाली प्रदेश इन्चार्ज कर्ण बुढाथोकी सुशील सी लगायतका उल्लेख्य नेता तथा कार्यकर्ताहरू उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा १४ जनाले सुझाव तथा आफ्नो धारण राखेका थिए यी बुँदाहरू यसप्रकार छन्

उदयराम डाँगीले समाजवादी आर्थिक व्यवस्थाको खाका प्रस्तुत गर्दै दलाल अर्थनीतिको आलोचना गरे।

कुलदेव भट्टले माक्र्सवादी दृष्टिकोण र उत्पादन साधनमाथि राज्यको नियन्त्रणको आवश्यकता औंल्याए।

कमल छन्त्यालले मोर्चाको गतिमा सुस्ती आएको भन्दै वैचारिक र आचरणीय समस्याको चर्चा गरे।

बसन्त विक, पुष्पा घर्ती, तुलराज सी, मौहन शाही, धिरबहादुर बिष्टलगायत नेताहरूले संघीयता, राष्ट्रियता समाजवादको रुपरेखा, जनजाति तथा दलित सवाल र संगठन विस्तारका विषयमा आफ्ना सुझाव प्रस्तुत गरे।

सहभागीहरूबीचको छलफल र सुझावका आधारमा समाजवादी मोर्चाको कर्णाली प्रदेश संयोजनको जिम्मेवारी सुशील सीलाई सुम्पने निर्णय गरिएको हो । सहभागी नेताहरूले उनको नेतृत्वमा मोर्चालाई थप सुदृढ र प्रभावकारी बनाउन एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे यो कार्यक्रमकाे अध्यक्षता एकीकृत समाजवादीका ठगेन्द्र प्रकाश पुरीले गरेका थिए भने स्वागत मनतव्य नेकपा का जित सीले स्वागत गरेका थिए भने कार्यक्रमकाे संचालन विमला के सीले गरेकी थिइन ।

कार्यक्रमबाट सङ्कलित सुझाव र बहसहरूलाई मोर्चाले आगामी कार्ययोजनाको आधार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८२ वैशाख १३ गते शनिबार