मिति: २९ चैत्र २०८१, शनिबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
पूर्व राजालाई फर्किने सपना नदेख्न पूर्वप्रधानमन्त्री नेपालको चेतावनी – Darsan Nepal
मुख्य समाचार

पूर्व राजालाई फर्किने सपना नदेख्न पूर्वप्रधानमन्त्री नेपालको चेतावनी

३० चैत्र, कालिकोट ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मावधकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई फेरी फर्किने सपना नदेख्न चेतावनी दिनु भएको छ ।
नेकपा (एकीकृत समाजवादी) कालिकोटको १० औ जिल्ला अधिवेशनको शनिवार रास्कोटमा उद्घाटन गर्दै अध्यक्ष नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई फेरी फर्किने सपना नदेख्न चेतावनी दिनु भएको हो ।
‘नेपालमा राजाको काम छैन,पसना नदेखे हुन्छ’ पूर्वप्रधानमन्त्री रहनु भएका नेपालले भन्नु भयो, ‘राजा आउ देश वचाउ भन्ने कुरा वेमौषमी वाजा हो । जनताको छोरा राष्ट्रपति,उपराष्ट्रपति भएर शाषन गर्ने व्यवस्था हामीलाई चाहिन्छ । बंशको आधारले शाषन गर्ने राजतन्त्र अब काम छैन ।’
उहाँले पूर्व राजाले फेरी सत्तामा फर्किने चाहान राखेको भए जनतामा पार्टी खोलेर चुनाव लडेर जितेर आउन चुनौती दिनु भयो ।
अध्यक्ष नेपालले राजाहरुको शाषन विगतमा आफू,प्रचण्ड,गिरिजा, शेरवहादुर लगायतका नेताहरुले राम्रोसंग चिनेको बताउदै चैत्र १५ गते पार्टीको अफिस जलाएर, पसलका चुरोट चोरेर, आगो लगाएर,पत्रिकाको कार्यलय जलाएर, २ जना युवा मारेर राजा नर्फिने चेतावनी दिनु भयो ।
उहाँले देश यथास्थितिमा चल्न नसक्ने टिप्पणी गर्दै नेपाली विशेषताको समाजवाद वा बैज्ञानिक समाजवादमा जानुको विकल्प नभएको स्पष्ट पार्नु भयो ।
अध्यक्ष नेपालले देशमा केही पनि नभएको भन्ने भाष्य गलत भएको भन्दै बरु जति गर्नु पथ्र्यो त्यति गर्न नसकिएको स्वीकार गर्नु भयो । उहाँले सरकारलाई आफ्नो अयोग्यता हटाई जनताको पक्षमा काम गर्न सुझाव दिनु भयो ।
‘रास्कोट आउन पाउदा निकै खुसी भएको छु, यहाँ प्रचण्ड र विप्लव कमरेड पनि आउनु भएको रहिछ । यदि म आउन नपाएको भए नेपालको भ्रमण अधुरो हुने थियो । आनन्द अनुभूति भयो’ पूर्वप्रधानमन्त्री नेपालले भन्नु भयो, ‘ रास्कोटी जनता र नगरपालिकालाई धन्यवाद छ, रास्कोटी जनताको समस्यासंग आफूसंधै एकाकार हुने छु । जनताको समस्या समाधानमा पार्टी लाग्ने छ । राम्रो नेता र पार्टी अबको निर्वाचिनमा छान्नु होला ।’
उहाँले नेपालमा समाजवादी व्यवस्था ल्याउनका लागि समाजवादी मोर्चा समेत बनेको जिकिर गर्दै विचार मिल्ने वामपन्थीहरुसंगको सहकार्य गर्ने बताउनु भयो ।
नेपालमा कुनैपनि हालतमा राजाको काम नभएको दाबी गर्दै अध्यक्ष नेपालले फेरी पनि पूर्व राजालाई फर्किेने सपना नदेख्न चेतावनी दिनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button