अशाेक
काठमाडौँ।
केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। केही समयदेखि अस्वस्थ रहँदै आएका उनको काठमाडौँको गठ्ठाघरस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
परिवारका अनुसार स्वर्गीय मोहनप्रसाद ओलीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी गरिएको छ। त्यसपछि आजै काठमाडौँस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको बताइएको छ।
स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्। उनको निधनपछि राजनीतिक वृत्तमा समेत शोक व्यक्त गरिएको छ।
मोहनप्रसाद ओलीको निधनसँगै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ।
प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्