मिति: ३० चैत्र २०८१, आईतवार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
दैलेखमा तीन महिने शिशु अपहरणः अपहरण गर्ने महिला  जंगलमा भाग्दै गर्दा पक्राउ  – Darsan Nepal
कर्णाली प्रदेशताजा समाचारस्थानीय तह

दैलेखमा तीन महिने शिशु अपहरणः अपहरण गर्ने महिला  जंगलमा भाग्दै गर्दा पक्राउ 

दैलेख

पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढा फेला परेकी छिन् ।

शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, को लामिडाँडा जङ्गलबाट प्रहरीले अन्दाजी २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको छ ।

जङ्गलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिएको महिला सोही ठाउँको सिरवल भन्ने ठाउँकी शर्मिला विष्ट हुन् । ‘बच्चाको अवस्था सामान्य छ,’ उनले भने, ‘बाँकी अनुसन्धानबाट खुल्ला ।’

यद्यपि ती महिलाले उक्त शिशु घरबाट आफूले नल्याएको बताएकी छन् ।

‘दुल्लुका तीन जना (पुरुष)ले बच्चा ल्याएका हुन्, मलाई चामुण्डाकै माथि डाँडामा दिएर उनीहरू भागेका हुन्,’ ती महिलाको भनाइ उदृत गर्दै स्थानीयले भने ।

साथै ती महिलाले खर, परालमा आफूले आगो नलगाएको पनि बताएकी छिन् । गएराति ९ बजेतिर सबै घरमा सुतेको अवस्थामा घर पछाडिको रुखमा राखेको खरमा आगो लागेको थियो । बमबहादुरको परिवारलाई माथिल्लो घरबाट खबर गरे । त्यसपछि बमबहादुरका श्रीमान्–श्रीमती छोरा, छोरीलाई सुतिरहेकै अवस्थामा घरमा छाडेर आगो निभाउन गए ।

‘उनीहरू घरमा आएर हेर्दा छोरी छैन,’ बमबहादुरका दाजु दीपकले भने, ‘खोजी कार्य गर्दा कतै भेटिएन । हामीले पराल,खरमा आगो लगाएर हामीलाई उता भुलाएर कोही व्यक्तिले लगेर भागेको शङ्का लाग्यो ।’ त्यसपछि ठाटीकाँध प्रहरीमा खबर गरेको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button