पूर्वमन्त्री रणसिंह परियार हुम्लाको आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन
अशाेक
हुम्ला ।
कर्णाली प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री रणसिंह परियार हुम्लाको अदानचुली गाउँपालिका-१ स्थित जनकल्याण आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
मन्त्री परियारले राजधानी सुर्खेतबाटै विद्यालयका प्रधानाध्यापक परबहादुर थापालाई टेलिफोन गरेर अध्यक्ष बन्ने इच्छा व्यक्त गरेपछि उनी सर्वसम्मत चयन हुनु भएकाे थियाे ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदका लागि सुरुमा ६ जना आकांक्षी देखिएका थिए। तर, कर्णाली प्रदेश सभा सदस्यसमेत रहेका पूर्वमन्त्री परियारले अध्यक्षमा आकांक्षा राखेपछि अन्य आकांक्षीहरू पछि हटेको बताइएको छ।
प्रधानाध्यापक थापाले परियारले आफू अध्यक्ष बन्ने इच्छा राखेपछि सर्वसम्मत रूपमा चयन गरिएको जानकारी दर्शन नेपाललाई दिनु भएकाे थियाे ।
सर्वसम्मत चयन हुनु भएका परियार तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित परियारलाई हालै मुख्यमन्त्री यामलाल कँडेलले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए।
प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्रीजस्तो महत्त्वपूर्ण पदमा रहेका व्यक्ति आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा चयन हुनुलाई विद्यालय शिक्षामा सुधारको चासोको रूपमा पनि हेरिएको प्रधानाध्यापक थापाले बताउनु भयाे ।










प्रतिक्रिया दिनुहोस्