२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

अफताब आलम राखिएको ब्लकमा राखियाे लामिछानेलाई 



ललितपुर

२०८२ साउन ३१

प्रतिमा शाही

भैरहवा कारागारबाट नख्खु कारागारमा स्थानान्तरण गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘सीआरसी’ ब्लकमा राखिएको छ। यस ब्लकमा यसअघि रौतहट बम विस्फोटका आरोपी पूर्वमन्त्री अफताब आलमलाई पनि राखिएको थियो।

कारागार स्रोतका अनुसार करिब चार सय कैदीबन्दी रहेको यस ब्लकमा लामिछानेलाई छुट्टै कोठामा राख्ने तयारी भइरहेको छ। बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले सुविधाको अभाव देखाउँदै नख्खुमा सरुवाका लागि निवेदन दिएका थिए।

यद्यपि, अदालतले अनुमति दिए पनि गृहमन्त्रीको निर्देशनमा उनको स्थानान्तरण रोकिएको थियो। तर, मानवअधिकार आयोगको टोलीको भ्रमणपछि भने गृह प्रशासन लामिछानेलाई स्थानान्तरण गर्न बाध्य भएको हो। अब लामिछाने अर्को फैसला नहुँदासम्म नख्खु कारागारमै रहनेछन्।

प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिबार