२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

‎सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका वृद्धकाे सिडिओ कार्यालय परिसरमै लडेर मृत्यु



सल्यान

सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका वृद्धकाे सिडिओ कार्यालय परिसरमै लडेर मृत्यु

‎सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक वृद्धकाे सिडिओ कार्यालय परिसरमै लडेर मृत्यु भएकाे छ।
‎‎मृत्यु‌ हुनेमा बागचौर नगरपालिका-७ टाट्केका ७० वर्षीय टिकाराम वली रहेका छन्।

‎जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहीबार बिहान ११ बजेतिर उनी राष्ट्रिय परिचयपत्र बनाउन भन्दै जिल्ला प्रशासनमा पुगेका थिए।

‎‎कार्यालय बाहिर गेट नजिकै उनी लडेर गम्भीर घाइते भएकाे प्रहरी निरीक्षक रेशम बहादुर खत्री बताए।
‎उनको टाउकोमा चोट लागेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो।
‎उपचारकै क्रममा दिउँसो सल्यान अस्पतालले वलीकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत १४ गते बिहीबार