देपेन्द्र बहादुर शाही
कैलाली, असार २५
कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी नदीको किनारामा एक बेवारिसे महिलाको शव फेला परेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रण बहादुर चन्दका अनुसार अन्दाजी ६० वर्षीया महिलाको शव नदी किनारमा फेला परेको हो।
डीएसपी चन्दले महिलाको शरीरमा कुनै चोटपटकको निशान नभेटिएकाले नदीमा बगेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए।
प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार










प्रतिक्रिया दिनुहोस्