कैलाली
२०८२ साउन २४ गते
देपेन्द्र बहादुर शाही
कैलाली कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। झडपमा परी ४६ जना घाइते भएका छन्।
बिहीबार रातिदेखि नै कैलाली कारागारको ‘ए’ र ‘बी’ ब्लकमा रहेका कैदीबन्दीहरूबीच कुटाकुट भएको थियो। यसै क्रममा एक जनाको ज्यान गएको हो। मृतकको पहिचान भने अझै खुलेको छैन।
घाइते ४६ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अहिले यस घटनाबारे छानबिन भइरहेको छ।
प्रकाशित मिति : २०८२ साउन २४ गते शनिबार










प्रतिक्रिया दिनुहोस्