२०८३ वैशाख २४ , बिहीबार
ताजा अपडेट:

मोतिराम माध्यमिक विद्यालय शैक्षिक सुधारमा फड्को मार्दै



अशाेक

कालिकोट, असार १२ गते –

कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं. २ मा अवस्थित मोतिराम माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार गर्दै आइरहेको छ।

बालविकास तहदेखि कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयले नगरपालिका र विभिन्न संघसंस्थाको सहयोगमा शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन थालेको देखिन्छ ।
विद्यालयका प्रधानाध्यापक अमर राज नाथा योगीले दिएको जानकारी अनुसार, विद्यालयको शैक्षिक स्तर बढाउन नगरपालिका र विभिन्न साझेदारी संस्थाहरूले निरन्तर सहयोग गरिरहेका छन्। यसैगरी, विद्यालय परिवार पनि गुणस्तरीय शिक्षा प्रदान गर्न कटिबद्ध भएर लागिपरेको बताउनु भएकाे छ ।

विद्यालयले प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै कक्षाकोठामा डिजिटल बोर्डको माध्यमबाट पठनपाठन सुरु गरेको छ। शिक्षक धर्म नाथ योगीका अनुसार डिजिटल बोर्डबाट अध्यापन गराउँदा विद्यार्थीहरूले पाठलाई छिटो र सजिलै बुझ्ने गरेका छन्। साथै, यो प्रविधिले विद्यार्थीहरूको ध्यान केन्द्रित गर्न पनि मद्दत पुर्‍याएको छ।
विद्युत आपूर्तिमा हुने अनियमितताका कारण डिजिटल बोर्डको प्रयोगमा केही समस्या देखिएको शिक्षक योगीले बताउनु भयाे ।

विभिन्न नयाँ कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यसका साथै, शिक्षकहरूको क्षमता विकासका लागि पनि नियमित तालिम तथा कार्यशालाहरूकाे आयोजना गरिएकाले
विद्यालयकाे क्रियाकलाप बाट अभिभावकहरु निकै उत्साहित देखिएकाे शिक्षक नगेन्द्र प्रसाद आचार्यले जानकारि दिनु भएकाे थियाे ।

मोतिराम माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न थालेको यो प्रयास सराहनीय छ। प्रविधिको प्रयोगलाई बढाउँदै शैक्षिक सुधारमा गरिएको लगानीले आगामी दिनमा विद्यालयको शैक्षिक स्तरलाई थप उचाइमा पुर्‍याउने अपेक्षा सबैले गरेका छन ।

 

प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार