२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

डा. बाबुराम भट्टराईलाई धनगढीमा भव्य स्वागत, प्रदेश भेलाको तयारी



 

धनगढी, जेठ १९

नेसपा (नयाँ शक्ति) पार्टी  का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आज धनगढीमा पार्टीका कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् ।

नेसपा (नयाँ शक्ति )महाधिबेशनको भावसम्प्रेषण
तथा दोस्रो भेला कार्यक्रम भेलामा सहभागी हुन धनगढी आइपुगेका भट्टराईलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले खादा र फूलमाला लगाएर स्वागत गरेका हुन् ।

भट्टराई कञ्चनपुरको बेलौरी नगरपालिकामा जेठ २० गते हुने महाधिबेशनको तथा भावसम्प्रेषण भेलामा सहभागी हुन धनगढी आइपुगेका हुन् । पार्टीको प्रदेश भेलामा सुदूरपश्चिम प्रदेशभरिका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहनेछ । भेलाले पार्टीको सांगठनिक सुदृढीकरण, आगामी रणनीति र प्रदेशका समसामयिक राजनीतिक मुद्दाहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

डा. भट्टराईको आगमनले सुदूरपश्चिममा नेसपाको संगठनमा थप ऊर्जा थपिएको जिल्ला इन्चार्ज देपेन्द्र बहादुर शाहीले बताएका छन ।

प्रकाशित मिति : २०८२ जेठ १९ गते सोमबार