१२ वैसाख, जुम्ला ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे करार कर्मचारीको बैशाख १२ गते (आज) हुने परिक्षा समितिको संयाेजकबाट दिपेन्द्र हमालले राजिनामा दिनुभएको छ ।
बैशाख ११ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति मंगल रावत र रजिष्ट्रार नृपेन्द्र महतले पावरको व्यापक दुरुपयोग गर्दै संस्थाको आधारभूत नियमको पालना नगरी कानुन विपरित आफ्ना मान्छेहरुलाई सेटिङ्ग गर्न करार कर्मचारीहरू भर्ती गर्न खाेजेकाे भन्दै समाचार आएपछि राजिनामा दिएको बुझिएको हाे ।
तत्कालिन उपकुलपति मंगल रावत र रजिष्ट्रार नृपेन्द्र महतले स्थायी पद र करार पदमा पदहरु दोहोरिनु लोकसेवा आयोगको परिक्षामा आफना मान्छेहरु नपर्ने त्रासले नयाँ पदको सृजना गरी सेटिङ्ग गर्न खोजिएकाे भन्दै सर्वत्र विराेध भएको छ ।
असिस्टेन्ट प्राेफेसर समेत रहेका परीक्षा संयोजक हमालले स्वास्थ्यकाे कारण देखाएर राजिनामा दिए पनि सेटिङ्गमा परीक्षा लिने लागेको समाचार प्रकाशन भएपछि राजिनामा दिएको प्रशासन एक कर्मचारीले बताउनुभयो ।
सेटिङ्गमा परीक्षा लिएर आफ्ना कर्याकर्ता भर्ति गर्न खाेजेकाे भन्दै मिडियामा समाचार प्रकाशन भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले प्रतिष्ठानका रजिस्ट्रार नृर्पेन्द्र महतलाई टेलिफोनमा बुझ्न खाेज्दा रजिस्ट्रारले म जाँदै गर्दा मेरा कार्यकर्ता भर्ति गरेरै जान्छु, परीक्षा राेकिदैन भन्ने जवाफ दिएको एक कर्मचारीले बताउनुभयो । प्रतिष्ठान स्राेतका अनुसार परिक्षा आजा २ बजे नै हुने र संयोजक अहिलेसम्म टुङ्गो नलागेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्