२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

एनआईसी एसिया बैंक ,सिद्धार्थ बैंक ,लक्ष्मी बैंक, सनराईज बैंक एन एमबि बैंकले नक्कली नाफा देखाएर नेपाली जनता लुट्दै



काठमाडौं

एनआईसी एसिया बैंक ,सिद्धार्थ बैंक , लक्ष्मी बैंक, सनराईज बैंक एन एमबि बैंकले नक्कली नाफा देखाएर ब्राह्लसट मचाएकाे सामाजिक अभियान्ता तथा मेडिकल व्यावसायिक दुर्गा प्रसाईले बैंकहरुलाई आराेप लगाएका छन ।

बैंक सञ्चालक विशाल ग्रुप, केडिया ग्रुप, खेतान र गोल्यानहरूले नेपाली जनताहरुबाट उठाएकाे पैसाहरू सिङ्गापुर, United Arab Emirates (UAE)लगेर मुख्य कार्यलय खोलि सकेकाे हल्ला आएकाे भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत खुलासा गरेका छन ।

घाटा भएर डुब्न लागेका बैकहरू साथै डुव्न लागेका कम्पनिहरूको( IPO )जारि गर्ने र नेपालि जनताबाट फेरि थप पैसा नाफाकाे लालच देखाउदै जनतालाई झुटा आसवासन दिएर लक्ष्मि सनराईस बैक, एनआईसि एसिया बैक,, एन एमवि बैक र सिद्धार्थ बैंकमा रहेको आफ्नो निक्षेप सुरक्षित राख्न हामी सबै निक्षेपकर्ता ले चनाखो हुनु पर्नेअवस्था आएकाे सम्म बताएका छन ।

नेपाली बैंकहरुमाथि विश्वास गरेका जनतालाई डुबाएको तथ्य कसैबाट लुकेको छैन । सप्तकोशी डेभलपमेन्ट बैंकमा सीइओले नै जनताको निक्षेप हजम गरेकाे र सिन्धु बिकास बैंकमा डिपोजिट गरेको पैसा नै हराउने देशभर फर्जी कागजकै भरमा अर्बौंकाे कर्जा प्रवाह भएको दिखिनुकाे साथै बिगतका दिनहरुमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, नेपाल बिकास बैंक जस्ता बैंक जसरी ढले, गोर्खाज बिकास बैंक लगायत दर्जनौं बैंक तथा वित्तीय संस्थाहरु जसरी समस्यामा परे, मारवाडी कै कारण आज पनि दर्जनौं बैंकहरुले अर्बौं ऋण उठ्नै नसक्नेगरी फसेकाे खुलासा गरेका छन ।
तेस्तै कर्णाली विकास बैंक नारायणी डेभलपमेन्ट बैंक जानकी फाइनान्स समृद्धि फाइनान्स सप्तकोशी विकास बैंक पोखरा फाइनान्स गुएश्वरी फाइनान्स गोर्खा फाइनान्स यी दृष्टान्तहरुले पक्कै बोलिरहेका छन्, नेपालको स्थिति पनि सहज नरहेकाे बताउदै ।
मकै पोलेर भाडा माझेर दुख गरेर कमाएर बैंकमा जम्मा गरेको आफ्नाे पैसा अब आफै जाेगाउन आग्रह सामाजिक सञ्जाल मार्फत गरेका छन ।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिबार