२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

जगदुल्ला हाइड्रोले भन्यो ‘ठेक्कालाई लिएर उर्जा मन्त्री र कम्पनीको चरित्र हत्या गर्न खोजियो’



काठमाडौं

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले जगदुल्ला अर्ध जलाशय युक्त आयोजना (१०६ मेगावाट) कोनिर्माण कार्यको बोलपत्र आह्वानको प्रक्रियालाई लिएर उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र आफ्नो कम्पनीको चरित्र हत्या गर्न खोजिएको बताईएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले आज एक विज्ञप्ति जारीगरी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको जगदुल्ला जलविद्युत आयोजनाको निर्माण कार्यको बोलपत्र आह्वानको विषयलाई लिएर केही सञ्चार माध्यामले आफ्नो कम्पनी र उर्जा मन्त्रीको चरित्र हत्या गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

“यस जगदुल्ला जलविद्युत आयोजना निर्माण प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरको ठेक्का आह्वान गर्नु पर्ने र उक्त स्तरको ठेक्का मूल्याङ्कन गर्नु पर्ने कार्य आँफै मासंवेदन शील विषय हो,ठेक्का मूल्याङ्कन क्रममा सार्वजनिक खरीदऐन, कम्पनीको खरीद विनिय मावली र स्टाण्र्डर विडिङ डकुमेन्टका आधारमा प्राप्त बोलपत्रहरुको मूल्याङ्न गरिएको अवस्था हो, उक्त ठेक्का प्रक्रियामा बोलपत्र दाखिला गर्ने बोलपत्र दाताहरुको बोलपत्र प्राविधिकरुपमा असफल भएकाले ठेक्का रद्दगरिएको स्पष्ट पार्न चाहन्छौँ,”–कम्पनी द्धारा जारी विज्ञप्तीमा भनिएको छ।
जगदुल्लाले आफ्नो कम्पनीको विषय सँग जोडेर माननीय मन्त्रीज्यूको चरित्र हत्या गर्ने निहित उदेश्यका साथ विभिन्न सञ्चार माध्यममा प्रकाशित तथ्यहिन, अनर्गल एवं कपोल कल्पित समाचार प्रति गम्भीर आपत्ती जनाएको छ।
“यस कम्पनीको सञ्चालक समितिमा मन्त्रीज्यू संलग्न हुने कुनैकानूनी व्यवस्था छैन, साथै, मन्त्रालय र माननीय मन्त्रीज्यूको निर्देशन तथा सुझाव लिनु पर्ने बाध्यात्मक व्यवस्था समेत छैन, यस कम्पनीले आह्वान गरेको ठेक्का प्रक्रियामा माननीय मन्त्रीज्यूले कुनै चासो राख्नु भएको वा कुनै निर्देशन दिनु भएको छैन, विज्ञप्तीमा भनिएको छ।
कम्पनीले यस्ता प्रकारका तथ्य हिन एव रं भ्रामर्क समाचारले यस कम्पनी र माननीय मन्त्री एव मंन्त्रालय जस्तो गरिमामय संस्थाको बदनामी गराउने र आमनागरिक भ्रमसिर्जना गर्ने कार्य गर्ने र कालान्तरमा मन्त्रालय जस्तो गरिमामय संस्थाको गरिमामय घटाउने, आप समाद्धन्द्ध सिर्जना गराउने र आपसी विश्वासको वातावरण विथोल्ने जस्ता कार्यहरु मात्र हुने हुँदा मुलुकलाई नै नोक्सान पुग्ने अवस्था नरहने बताएको छ।
अहिले कोतरल अवस्थामा आम सञ्चार माध्यमको भूमिका आपसी विश्वास, सद्भाव र सहकार्यलाई जोड दिने प्रकृतिको हुनुपर्ने कम्पनीले जनाएको छ।“सञ्चार माध्यमले पत्रकारिताको न्यूनतम मर्यादा तथा आचार संहितालाई समेत भुलेर सम्प्रेषण गरेको समाचारले हामीलाई दुःखित तुल्याएको छ ।प्रकाशित सामाग्रीको सत्य तथ्य जाँच नगरी समाचार प्रकाशन गर्नु निकै दुर्भाग्य पूर्ण रहेकाे विज्ञप्तीमा भनिएको छ।
राष्ट्र को चौँथो अंग कारुप मारहेको सञ्चार क्षेत्रले आगामी दिनमा तथ्य पुरक, विश्वसनीय तथा वस्तु पुरक समाचार सम्प्रेषण गर्न हुन उक्त कम्पनीले आग्रह समेत गरेको छ।उक्त कम्पनीले समाचारको विश्वसनीयताका लागि आफ्नाे कम्पनीमा जुन सुकैबेला पनि सम्पर्क गर्न समेत अनुरोध गरेको छ।कम्पनीले यसै प्रेस विज्ञप्तीलाई आधार मानेर यस अघि प्रकाशित समाचारको खण्डन गरि दिन समेत सबैलाई अनुरोध गरेको छ।

यस्तो छ विज्ञप्ति :

प्रकाशित मिति : २०८१ पुस २४ गते बुधबार