२०८३ असार २० , शनिबार
ताजा अपडेट:

जनपत्रकार संगठनद्धारा गोविन्दनाथ योगीको निधनप्रति गहिरो दुख व्यक्त गर्दे श्रद्धाञ्जली



 

२६ साउन, कालिकोट ।

जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश समितिले जनपक्षीय पत्रकार जगदिशनाथ योगी (राजकुमार) का बुवा गोविन्दनाथ योगीको असमायिक निधन भएकोप्रति गहिरो दुख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

संगठनका कर्णाली प्रदेश समिति संयोजक कर्ण विश्वकर्माले सोमवार एक शोक बक्तव्य जारी गर्दै का बुवा गोविन्दनाथ योगीको असमायिक निधनप्रति गहिरो दुख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।
जारी बक्तव्यमा भनिएको छ ‘जनपक्षीय पत्रकार जगदिशनाथ योगी (राजकुमार) का बुवा तथा नेकपा नरहरीनाथ गाउँकमिटी सदस्य ६० बर्षिय बुवा गोविन्द्रनाथ योगीको दम रोगका कारण यही साउन २४ गते असामयिक निधन भएको खवरले जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश स्तव्ध भएको छ । मृतक बुवाप्रति संगठनको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । यस दुखत घडीमा पत्रकार राजकुमार र उहाँको सिंङ्गोघर परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौ ।’
जनपत्रकार संगठनले समाजसेवी तथा क्रान्तिकारी विचारका धनी बुवा योगीको वि.स.२०२२ सालमा नरहरिनाथ गाउँपालिका ८ कालढुङ्गामा जन्म भई साउन २४ गते निधन भएको जनाएको छ ।

क्रान्तिकारी विचार भएका कारण सबै परिवर्तनका आन्दोलनमा उहाँको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै जनपत्रकार संगठनले उहाँको निधनले समाजसेवा र क्रान्तिकारी आन्दोलनमा अपूर्णीय क्षेती भएको उल्लेख गरेको छ ।

नेकपा कालिकोटद्धारा गोविन्दनाथ योगीको निधनप्रति गहिरो दुख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त
२६ साउन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले गोविन्दनाथ योगी (मुस्कान सी) को असमायिक निधनप्रति गहिरो दुख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेकपा कालिकोटका इन्र्चाज विवेक सी र सेक्रेटरी बलवान सीले आईतवार एक शोक वक्तव्य जारी गर्दै गोविन्दनाथ योगी (मुस्कान सी) को असमायिक निधनप्रति गहिरो दुख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।

नेकपाले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय प्रतिनिधी समिति सदस्य राजकुमार सीका वुवा समेत रहनु भएका र शहिद स्मृति गाँउ कमिटी सदस्य पनि रहनु भएका बुवा गोविन्दनाथ योगी ( मुस्कान सी) को यहि श्रावण २४ गते ६० वर्षको उमेरमा दुख निधन भएकोे जनाएको छ ।

गोविन्द्रनाथ योगी सहिद स्मृति गाउँपालिका वडा नम्वर ८ निवासी हुनुहुन्थ्यो ।
नेकपाले शोक वक्तव्यमा भनेको छ ‘मृतक गोविन्दनाथ योगी (मुस्कान) सीप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ । शोकाकुल घरपरिवारमा शोकलाई शक्तिमा बदल्ने साहस प्रदान गर्दै गहिरो समवेदना व्यक्त गर्दछौ ।’

नेकपाले देश र जनताको मुक्तिको निमित्त महान जनयुद्ध र एकीकृत जनक्रान्तिमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै मुस्कानप्रति सम्मान व्यक्त पनि गरेको छ ।

यसैविच नेपाल कम्युनिष्ट पार्टी सुर्खेत र जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश समितिले पनि छुट्टा छुट्टै शोक वक्तव्य निकाली वुवा गोविन्द्रनाथ योगीको असमायिक निधन भएको खवरप्रति गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार