कालिकोट
रास्कोट, असार ५ गते
रास्कोट नगरपालिकाको १६ औँ नगर सभाको पूर्वसन्ध्यामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम आज सम्पन्न भएको छ।
नगर प्रमुखज्यूको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, विभिन्न सरोकारवाला व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी बनाउन विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए।

नगरपालिकाले सबै सरोकारवालाहरूको सुझावलाई समेटेर नागरिकमुखी नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको जनाएको छ। १६ औँ नगर सभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रम र बजेटले नगरको विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार











प्रतिक्रिया दिनुहोस्