देपेन्द्र बहादुर शाही
काठमाडौं ।
नयाँ शक्ति पार्टी, नेपाल (नेसपा) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। बद्रिनाथ होटल, पिङ्गलास्थानमा आयोजित दुई दिने बैठकमा पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बैठकमा एजेण्डा प्रस्तुत गर्ने छन ।
बैठक आज र भोलि गरी दुई दिनसम्म चल्नेछ। पार्टीले बैठकमा राष्ट्रिय राजनीतिक परिस्थिति, सांगठनिक सुदृढीकरण, र आगामी कार्ययोजना लगायतका विषयमा छलफल गर्ने बताइएको छ।
अध्यक्ष भट्टराईले प्रस्तुत गरेको एजेण्डामाथि सदस्यहरूले गहन छलफल गरी पार्टीको भावी रणनीति तय गर्ने अपेक्षा गरिएको पार्टी स्राेतले जनाएकाे छ ।
प्रकाशित मिति : २०८२ जेठ ३१ गते शनिबार










प्रतिक्रिया दिनुहोस्