मिति: २९ चैत्र २०८१, शनिबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
समाजवादका लागि संघर्ष गर्ने जुझारु नेतृत्व निर्वाचित होसः विवेक सी – Darsan Nepal
कर्णाली प्रदेशताजा समाचारराजनीति

समाजवादका लागि संघर्ष गर्ने जुझारु नेतृत्व निर्वाचित होसः विवेक सी

समाजवादका लागि संघर्ष गर्ने जुझारु नेतृत्व निर्वाचित होसः विवेक सी

३० चैत्र, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सीले समाजवाद ल्याउने अभियानमा संघर्ष गर्ने जुझारु नेतृत्व अधिवेशनले निर्वाचित गर्न शुभकामना दिनु भएको छ
नेकपा (एकीकृत समाजवादी) कालिकोटको १० औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई रास्कोटमा शुभकामना दिदै नेता विवेक सीले समाजवाद ल्याउने अभियानमा संघर्ष गर्ने जुझारु नेतृत्व अधिवेशनले निर्वाचित गर्न शुभकामना दिनु भएको हो ।
उहाँले आउने नेतृत्वले समाजवादी क्रान्ति मार्फत नेपाली विशेषताको समाजवाद प्राप्तिको लागि संघर्ष गर्ने विश्वास व्यक्त गर्नु भयो ।
नेकपाका केन्द्रीय सदस्य विवेकले अहिलेको दलाल संसदीय व्यवस्थाको असफलताका कारण प्रतिगामी राजावादी शक्तिहरु सल्बलाएको टिप्पणी गर्नु भयो ।
उहाँले रास्कोटको भूमीमा पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल आउदा निकै खुसी भएको भन्दै आफ्नो पार्टीको तर्फबाट हार्दिक स्वागत गर्नु भयो ।
नेता विवेकले कर्णाली र कालिकोटको पीडालाई केन्द्रीय स्तरमा राज्यको ध्यानाकर्षण गराईदिन समेत अध्यक्ष नेपाल समक्ष आग्रह गर्नुभयो । नेता विवेकले समाजवादी शक्तिहरु बीचको एकता र सहकार्य थप प्रगाड बन्नु पर्ने पनि बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button