मिति: २९ चैत्र २०८१, शनिबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
रास्कोटका ५ जना महिला माओवादी केन्द्र परित्याग गरी विप्लवमा प्रवेश – Darsan Nepal
कर्णाली प्रदेशराजनीतिस्थानीय

रास्कोटका ५ जना महिला माओवादी केन्द्र परित्याग गरी विप्लवमा प्रवेश

२८ चैत्र, कालिकोट ।

रास्कोटमा नेकपा (माओवादी केन्द्र)मा संगठित ५ जना महिला पार्टी परित्याग गरी विप्लव नेतृत्वको नेकपा निकट अनेमसंघ (क्रान्तिकारी)मा प्रवेश गरेका छन ।
अनेमसंघ (क्रान्तिकारी) रास्कोटको दोस्रो भेलामा उनीहरु माओवादी केन्द्र परित्याग गरी नेकपा निकट अनेमसंघ (क्रान्तिकारी)मा प्रवेश गरेका हुन ।
नेकपाको भातृ महिला संगठनमा प्रवेश गर्नेहरुमा रास्कोट नगरपालिका ८ का कोपिला विक, पुजा टमट्टा, गोमा टमट्टा, रमिता विक र रास्कोट नगरपालिका ५ का साविता तिरूवा रहेका छन ।
उनीहरुले नेकपा (माओवादी केन्द्र) जनताबाट बदनाम हुदै गएको र सत्तामा पुगेर जनयुद्धको सपना विपरित काम गरेको भन्दै समाजवादी क्रान्तिको नेतृत्व गर्न सक्ने नेता विप्लव मात्र देखेकाले आफुहरु नेकपामा प्रवेश गरेको बताएका छन ।


नवप्रवेशीहरुले नेपालमा अधुरो क्रान्तिको नेतृत्व विप्लव वाहेक अरु कसैले गर्न नसक्ने निश्कर्षमा आफूहरु पुगेकाले नेकपा र उसको भातृ महिला संगठन अनेमसंघ (क्रान्तिकारी)मा प्रवेश गरेको बताएका हुन ।
नवप्रवेशीहरुलाई अनेमसंघ (क्रान्तिकारी)का केन्द्रीय महासचिव राजकुमारी सी र नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विवेक सीले फुलमाला,अविर लगाएर स्वागत गर्दै बधाई दिनु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button