मिति: ८ बैशाख २०८२, सोमबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
सनसाईन एकेडेमीको २२ औँ वार्षिकउत्सव भव्यताका साथ सम्पन्न – Darsan Nepal
कर्णाली प्रदेशताजा समाचारशिक्षा

सनसाईन एकेडेमीको २२ औँ वार्षिकउत्सव भव्यताका साथ सम्पन्न

सुर्खेत:

वीरेन्द्रनगर – वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ मा अवस्थित सनसाईन एकेडेमीले आफ्नो २२ औँ वार्षि उत्सव भव्यताका साथ सम्पन्न गरेको छ।
लामो समयदेखि शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाएको यस विद्यालयले आफ्नो वार्षि उत्सवलाई विशेष समारोहकाे रूपमा मनाएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्यावसन केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष कमल बहादुर सिंह र विशेष अतिथि प्यावसन कार्यसमितिका सह-कोषाध्यक्ष महेन्द्र पुन, विद्यालयका प्रबन्ध निर्देशक टेकेन्द्र गिरीलगायत शिक्षा क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेकाे साथै, अभिभावकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो।

वार्षि उत्सवमा विद्यार्थीहरूले विभिन्न मनोरञ्जनात्मक नृत्य प्रस्तुत गर्नुका साथै आफ्नो विचार पनि राखेका थिए। वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूले नेपाली जनता र बालबालिकाहरूले भोग्नुपरेको यथार्थ कथामा आधारित नाटक प्रस्तुत गरेका थिए।
यो नाटकले उपस्थित सबैलाई भावुक समेत बनाएकाे थियो।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक पुनले विद्यार्थीको भविष्य निर्माणमा अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए। उनले अभिभावकहरूलाई दैनिक दुई घण्टा आफ्ना बालबालिकाको पठनपाठनमा ध्यान दिन आग्रह गरे। “बालबालिकाको भविष्य निर्माणको लागि तपाईंहरूले खर्च मात्र गरेर पुग्दैन, उनीहरूको पढाइमा पनि ध्यान दिन आवश्यक रहेकाे प्रधानाध्यापक पुनले बताएका थिय ।
“आगामी दिनमा पनि विद्यालयको शैक्षिक गुणस्तरमा अँझै थप बलियाे र आधुनिक तरिकाले सुधार गर्दै लैजाने प्रतिबद्धता समेत गरेका थिय ।

कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुका साथै उनीहरूले विद्यालयले आयोजना गरेको कार्यक्रमले विद्यार्थी ,अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप मजबुत बनाएको बताए।
कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल टेकराज थापा र शिक्षिका हिमा गुरुङले गरेका थिए भने २२ओैं बार्षिक उत्सव कार्यक्रमले विद्यालयको शैक्षिक गतिविधि र विद्यार्थीहरूको प्रतिभालाई उजागर समेत  गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button