२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

समाजवादका लागि विचार मिल्नेसंग एकता र धुव्रीकरण गर्न तयार छौः विवेक सी



२६ माघ, कालिकोट ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सीेले नेपाली विशेषताको समाजवादका लागि विचार मिल्नेसंग पार्टी एकता र धुव्रीकरण गर्न नेकपा सदैभ तयार भएको बताएका छन ।
नेकपा रास्कोट नगरकमिटीको पाँचौ पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै जिल्ला इन्चार्ज विवेक सीले नेपाली विशेषताको समाजवादक लागि विचार मिल्नेसंग पार्टी एकता र धुव्रीकरण गर्न नेकपा सदैभ तयार भएको बताएका हुन ।
उनले नेपालको मुख्य समस्या दलाल पुँजीवाद भएको जिकिर गर्दै अहिलेको दलाल पुँजीवादी व्यवस्थाबाट नेपाली जनताको सपना पुरा नहुने दाबी गरे ।
नेता विवेकले भने ‘नेपालको मुख्य समस्या दलाल पुँजीवाद हो । यो श्रमजीवि जनताको दुश्मन हो । अहिलेको व्यवस्था गणतन्त्रको नाममा दलाल पुँजीवादमा फेरिएको छ । यो जनताको व्यवस्था र गणतन्त्र होईन । जनताको व्यवस्था समाजवाद हो । नेपाली विशेषताको समाजवादमा हामी सबै एक भएर जानुपर्छ ।’
उनले नेपाली विशेषताको समाजवादका लागि नेपालका विचार मिल्ने सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त तथा अग्रगामी शक्तिहरुसंग नेकपा एकता र धुव्रीकरण गरी समाजवादमा जान जोड गरिरहेको बताए ।
उनले पार्टीको केन्द्र, प्रदेश र जिल्लाको बैठकले तय गरेका योजनाहरु कडाईपूर्र्वक लागु गर्न पनि पार्टी पंक्तिलाई निर्देशन दिए ।
नेता विवेकले नेपाली विशेताको समाजवादको लागि अव आउने ०८४ को निर्वाचनमा पार्टी सहभागी हुने तयारी भएको भन्दै जनतामा पार्टी सुदृढ गर्नुपर्ने वताए ।
बैठकले संगठन सुदृढ तथा विस्तार गर्ने, पार्टी योजना कार्यान्वयन गर्ने, एकता र धुव्रीकरणको वातावरण बनाउने, उत्पादनमा जोड दिने, जनतासंग जोडिने लगायतका निर्णयहरु गरेको छ ।
बैठकमा केन्दीय प्रतिनिधी समिति सदस्य छायाँ सी, जिल्ला सल्लाहकार समिति सदस्य मिना सीको आतिथ्यता रहेकोको थियो ।े
नगर कमिटी इन्चार्ज निर्देशन सीको अध्यक्षतामा सम्पन्न बैठकको संचालन नगर कमिटी सचिव अमर सीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिबार