मिति: ३ बैशाख २०८२, बुधबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
महावै गाउँपालिकाका कर्मचारी सिंहकाे मृत्यु – Darsan Nepal
ताजा समाचारस्थानीय

महावै गाउँपालिकाका कर्मचारी सिंहकाे मृत्यु

महावै गाउँपालिकाका कर्मचारी सिंहकाे मृत्यु

२१ पुस, कालिकोट

हृदयघातका कारण कालीकोटकाे महावै गाउँपालिका–३ का प्रशासन सहायक कर्मचारी केशरबहादुर सिंहको निधन भएको छ ।

आइतबार बिहान कार्यालय जाने तयारी गर्दैगर्दा अकास्मात् ढलेका उनको घरमै मृत्य भएको महावु गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए।

३७ वर्षीय सिंह १७ वर्षअघि उनी राष्ट्रसेवामा प्रवेश गरेका थिए। उनकी श्रीमती, एक छोरा र दुई छोरी छन्।

स्वर्गीय सिंहको आजै पादमघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष सिंहले बताए।

उनले प्रशासन सहायक सिंहको निधनप्रति दुःख व्यक्त गर्दै पालिकाले एक कुशल राष्ट्रसेवक गुमाएको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button