२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

पूर्वआईजीपी सर्वेन्द्र खनालले छाडे एमाले



काठमाडौँ —

पूर्वआईजीपी सर्वेन्द्र खनालले एमाले छाडेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको बताएका हुन् । खनाल केही समयदेखि भने पार्टीका औपचारिक कार्यक्रममा भने देखिएका थिएनन्  ।   हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन । म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थितिअनुकूल सधैं सक्दो कार्यहरु गरिरहने छु,’ उनले भने ।

प्रकाशित मिति : २०८१ पुस २१ गते आइतबार