काठमाडौं, ११ कार्तिक २०८२
आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।
मंगलबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेताहरू आयोग पुगेर पार्टी दर्ताका लागि निवेदन बुझाएका हुन् । नेकपाले पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कार्तिक ३० गतेसम्म दल दर्ता गरिसक्नुपर्ने समयसीमा छ ।
निवेदन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता विश्वकर्माले आफ्नो पार्टीले चुनावमा भाग लिएर नेपालको राजनीतिक आन्दोलनमा अगाडि बढ्ने निर्णय गरेको जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८२ कात्तिक ११ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्