२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

महाराष्ट्रको ठाणे जिल्लामाे खडे गोलवली कल्याण पुर्व एक नेपालीको शव भेटियो ।



भारत
कल्याण, महाराष्ट्र।

भारतको महाराष्ट्र राज्यअन्तर्गत ठाणे जिल्लाको कल्याण पूर्वस्थित खडवली क्षेत्रमा एक अपरिचित नेपाली पुरुषको शव फेला परेको छ।
मिति १२ सेप्टेम्बर २०२५ का दिन कल्याण पूर्वको खडे गोलवली अर्जुन चक्र बहादुर खत्री (थापा) नामका एक नेपाली नागरिक लावारिस अवस्थामा मृत भेटिएका हुन्।

मृतकको नेपालमा ठेगाना कहाँ हो भन्ने खुल्न सकेको छैन।
खडक पाडा प्रहरी चौकीका उपनिरीक्षक विजय भालेरावले यस सम्बन्धमा प्रवासी नेपाली सम्पर्क मंच भारतका केन्द्रीय क्यूआरटी प्रमुख राज रोकायालाई जानकारी दिएका छन्।

प्रवासी नेपाली सम्पर्क मंचले मृतकको पहिचानका लागि विभिन्न माध्याम बाट सार्वजनिक अपिल गर्दै मृर्तक घर ठेगाना पत्ता लगाउने काेसिस गरि रहेकाे छ।
क्यूआरटी प्रमुख राेयाले
यदि कसैले तस्बिरमा देखिएका व्यक्तिलाई चिन्छ भने, तत्काल राज रोकायालाई सम्पर्क नम्बर ७३८५२१२४१४ मा सम्पर्क गर्न अनुरोध क्यूआरटी प्रमुख राेयाले गर्नुभएको छ।

संस्थाले मृतकको पहिचान र नेपालमा रहेका परिवारसम्म खबर पुर्याउनका लागि यो जानकारी सक्दो सेयर गरेर सहयोग गरिदिन सबैमा आग्रह  समेत गरेको छ।

प्रकाशित मिति : २०८२ असोज १३ गते सोमबार