२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

उखु किसानहरू पहिलाे चरणकाे आन्दोलनका लागि काठमाडौं जाँदै



देपेन्द्र बहादुर शाही

कञ्चनपुर भदौ ६ –

नेपाल सरकारले दिँदै आएको ‘सब्सिडी’ रोक्ने भएपछि त्यसको विरोधमा देशभरका उखु किसानहरू आन्दोलनका लागि काठमाडौं केन्द्रित हुन थालेका छन्।

भागेश्वरि सुगर मिल लगाएत देशभरका मिलबाट बसमा किसानहरू काठमाडौं लागिरहेका छन्।
बागेश्वरी सुगर मिल किसान समितिका अध्यक्ष नारायण भण्डारी, उपाध्यक्षहरू पदम गिरी र अतिराम चौधरी, सचिव मलान तामाङ, सहसचिव विश्राम राना, कोषाध्यक्ष जंगबहादुर तामाङ र सल्लाहकार तीर्थ खड्का सल्लाहकार संयाेजक भरत बिष्ट लगायतका अगुवा किसानहरू आन्दोलनको नेतृत्व गरिरहेका छन्।

सरकारले किसानहरूलाई उपलब्ध गराउँदै आएको बालीको अनुदान (‘सब्सिडी’) रोक्ने निर्णय गरेपछि किसानहरू बाध्य भएर आन्दोलनमा उत्रिएका हुन्। यसअघि विभिन्न सुगर मिलसँग आबद्ध किसान संघहरूले सरकारलाई आफ्नो समस्याबारे जानकारी गराएका थिए तर सरकारले यस विषयमा कुनै चासो नदेखाएपछि किसानहरूले पहिलो चरणको आन्दोलन सुरु गर्ने निर्णय गरेका हुन्।

सब्सिडी लगाएत मल ,बीउ, औषधिजन्य पदार्थ समयमाै पाउनु पर्ने भन्दै किसानहरू आक्रोशित छन्। उनीहरूले यो आन्दोलनलाई आफूहरूको माग पूरा नभएसम्म जारी राख्ने बताएका छन्।

देशभरका उखु किसानहरू काठमाडौंमा भेला भएर सरकारलाई दबाब दिने कार्यक्रम रहेको बागेश्वरी सुगर मिल किसान समितिका अध्यक्ष नारायण भण्डारीले जानकारि दिनु भएकाे छ ।

प्रकाशित मिति : २०८२ भदौ ६ गते शुक्रबार