२३ साउन, काठमाडौ ।
नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य चिरन सीले नेकपाले नयाँ आर्थिक वहसबाट राज्यकै साझा अर्थनीति बनाउन चाहेको खुलासा गर्नु भएको छ ।
नेकपा निकट भ्रष्टाचार अध्ययन समितिले शुक्रवार काठमाडौमा आयोजना गरेको ‘अर्थतन्त्र र भ्रष्टाचार’ विषय अन्तरक्रिया कार्यक्रममा वोल्दै नेता चिरन सीले नेकपाले नयाँ आर्थिक वहसबाट राज्यकै साझा अर्थनीति बनाउन चाहेको खुलासा गर्नु भएको हो ।
‘हामीले नयाँ आर्थिक मार्ग भनेका छौ, विज्ञहरुका सुझाव लिएर राष्ट्रको साझा अर्थनीति बनाउन चाहान्छौ’ नेता चिरनले भन्नुभयो, ‘यो जनता, पार्टी र राज्यलाई प्रस्ताव गर्ने योजना छ, अर्थनीतिलाई समृद्धि बनाउन छलफल आयोजना गरिएको हो ।’ उहाँले भ्रटाचार कहाँबाट हुन्छ ? कसरी हुन्छ ?
सुस्मढंगले अध्ययन गर्न आवश्यक भएको जिकिर गर्नु भयो ।
नेता चिरनले नेपालमा पुँजीवादी, समाजवादी, परम्परागतवादी र मिश्रित अर्थनीति सम्वन्धिको प्रणालीमा वहस हुने गरेको भएपनि आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि नयाँ आर्थिक मार्ग बनाएर नेकपा लागेको दाबी गर्नु भयो ।
उहाँले पार्टी र पार्टी नेता धनी हुने, आय व्याय करोडौं पेश गर्ने तर हिसावमा ऋण देखाउने परिपार्टी भएको भन्दै त्यसको अन्त्य गर्ने अर्थनीति चाहिने बताउनु भयो ।
उहाँले एनसेलले कर नतिर्दा नेकपाले उमाथि कार्वाही गर्नु परेको र राज्यले भने उल्टै नेकपामाथि प्रतिबन्ध लगाएको स्मरण गर्दै दलालहरु र भ्रष्टहरु संरक्षण गर्ने कानुन र सरकार बदल्नु पर्ने विचार राख्नु भयो ।
नेता चिरनले भारतमा ९ सयपर्ने सिलिण्डर ग्याँस नेपालमा २ हजार पर्ने गरेको खुलासा गर्दै विचौलियाहरुले धेरै भ्रष्टाचार गरेको जिकिर गर्नु भयो ।
‘नेपालमा किसान मजदुर केन्द्रीत अर्थनीति, सरकर र व्यवस्थाको खाँचो छ । त्यसका लागि एउटा नयाँ आर्थिक वहस हामीले गराउन चाहेका छौ तपाईहरुका सुझाव महासचिव विप्लवसम्म जस्ताको जस्तै लिनेछौ, भदौमा बस्ने केन्द्रीय समिति बैठकबाट एउटा निश्कर्ष निकाल्ने छौ’ नेता चिरनले भन्नु भयो ।











प्रतिक्रिया दिनुहोस्