२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

विमान ठोक्किँदा भिषण आगलागी, चालक दलका सदस्य सुरक्षित



 

अमेरिका

२०८२ साउन २७

अमेरिकाको मोन्टानास्थित एक हवाईअड्डामा अवतरणको क्रममा एउटा सानो विमान अर्को विमानसँग ठोक्किएर आगलागी भएको छ।
यो घटनामा कोही पनि गम्भीर घाइते नभएको बताइएको छ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार, सोकाटा टीबीएम ७०० टर्बोप्रोप विमानले रनवेको अन्त्यमा रहेको खाली विमानलाई ठक्कर दिएको थियो। ठक्करपछि लागेको आगो घाँसे मैदानमा फैलिएको थियो, जसका कारण आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो।

कालिस्पेल फायर ब्रिगेडका प्रमुख जे हेगनले दिएको जानकारीअनुसार, दुर्घटना हुनुअघि विमानका पाइलट र तीन यात्रुहरू आफैँ बाहिर निस्कन सफल भएका थिए। दुई यात्रु सामान्य घाइते भएका थिए, जसको उपचार हवाईअड्डामा नै गरिएको थियो।

सन् २०११ मा बनेको यो विमानको स्वामित्व वासिङटनको पुलम्यानस्थित मिटर स्काई एलएलसीसँग रहेको एफएएको रेकर्डमा उल्लेख छ।

प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार