कालिकोट,
२०८२ साउन २४ गते –
कालिकोटको रास्कोट नगरपालिका वडा नम्बर १ मा रहेको श्री सुन्दर आधारभूत विद्यालयको भवन अविरल वर्षाका कारण पूर्णरूपमा भत्किएको छ।
गत राति परेको भारी वर्षाले विद्यालय भवन भत्कँदा कक्षाकोठामा रहेका सबै सामग्रीहरू पनि ध्वस्त भएका छन्।
विद्यालयका शिक्षक लोगराज न्यौपानेका अनुसार, भवन भत्किएपछि विद्यार्थीहरूको पठनपाठनमा गम्भीर असर पर्ने चिन्ता बढेको छ। तत्काल वैकल्पिक व्यवस्थापनका लागि पहल नगरेसम्म कक्षा सञ्चालन गर्न निकै कठिनाइ हुने शिक्षक न्याैपानेले बताउनु भएकाे छ ।
नगरपालिकाले छिट्टै नै नयाँ भवन निर्माणका लागि पहल गर्ने अपेक्षा गरिएको छ। यस घटनाले स्थानीय विद्यार्थीहरूको भविष्यमाथि प्रश्नचिह्न खडा गरेको छ।
प्रकाशित मिति : २०८२ साउन २४ गते शनिबार











प्रतिक्रिया दिनुहोस्