कालिकोट , असार १२ गते –
रास्कोट नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्मको राजस्व संकलनको समीक्षा गरेको छ।
नगर उप-प्रमुख श्री मनिराज बरालको अध्यक्षतामा आज बसेको महत्त्वपूर्ण बैठकमा नगर प्रमुख श्री धर्मराज शाहीको प्रमुख आतिथ्यता रहेको थियो।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत जवान सि वम, सम्पुर्ण वडाका वडा अध्यक्ष, वडा सचिव, रास्कोट अस्पताल व्यवस्थापक, र राजस्व संकलनमा संलग्न विभिन्न शाखाका कर्मचारीहरूको पनि उपस्थिति रहेकाे थियो।
बैठकमा नगरपालिकाले हालसम्म गरेको राजस्व संकलनको विवरण प्रस्तुत गरिएको थियो। रास्कोट नगरपालिकाले आफ्नो आन्तरिक राजस्वलाई प्रभावकारी बनाउन उच्च प्राथमिकता दिएको र यसका लागि राजस्व प्रशासनलाई पारदर्शी बनाउने प्रयास गरिरहेको उप-प्रमुख बरालले बताउनु भयाे।
बैठकमा सहभागी अधिकारीहरूले हालसम्म भएको राजस्व संकलन उल्लेख्य रहेको जानकारी गराएका छन्। साथै, असार मसान्तसम्म राजस्व संकलन गर्न बाँकी रहेका क्षेत्रबाट पनि छिटो राजस्व दाखिला गराउने निर्णय गरिएकाे छ ।
नगरपालिकाले बजेट वक्तव्यमा प्रक्षेपण गरेको १ करोड ४५ लाख रुपैयाँको राजस्व संकलन लक्ष्य असार मसान्तसम्ममा हासिल हुने विश्वास बैठकबाट व्यक्त गरिएको छ।
नगर प्रमुख शाहीले राजस्व संकलनमा संलग्न सबै कर्मचारीहरूको प्रयासको प्रशंसा गर्दै निर्धारित समयभित्र लक्ष्य पुरा गर्न निर्देशन दिनु भएकाे छ ।
यसरी रास्कोट नगरपालिकाले चालु आर्थिक वर्षको राजस्व संकलनलाई लिएर सकारात्मक संकेत देखाएको छ। आगामी दिनमा राजस्व संकलनलाई थप प्रभावकारी बनाउन विभिन्न योजनाहरू अगाडि सार्ने नगर प्रमुख शाहीले जानकारी दिनु भएकाे छ ।














प्रतिक्रिया दिनुहोस्