२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

नवलपरासीमा सडक बन्द, बस बाढीले यात्रुको सकुशल उद्धार



 

नारायणगढ–बुटवल
असार ६
नवलपरासी पूर्व जिल्ला प्रहरी कार्यालयका अनुसार, हिजो बेलुकी एकतर्फी खुलेको यो सडक विनयी खोलामा आएको बाढीका कारण गए रातिदेखि दुईतर्फी नै बन्द भएको हो। बाढीले डाइभर्सन र काठमाण्डौबाट नेपालगञ्ज जाँदै गरेको एक बसलाई समेत बगाएको थियो, यद्यपि बसका यात्रुहरूको सकुशल उद्धार गरिएको छ।

दाउन्ने र दुम्कीबास क्षेत्रमा पानी पर्नेबित्तिकै सडक हिलो र चिप्लो हुने भएकाले प्रहरीले पूर्वबाट पश्चिम जाने गाडीलाई नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै र काठमाण्डौबाट पश्चिम जाने गाडीलाई मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै जान आग्रह गरेको छ। त्यस्तै, पश्चिमबाट पूर्व जाने गाडीलाई बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन र साना गाडीलाई गैँडाकोट–पिपलडाँडा सडक प्रयोग गर्न प्रहरीले भनेको छ।
यसैगरी, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरोले पाँच दिनदेखि सडक अवरुद्ध छ भने भेरी करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरीमा पनि बाढीका कारण सडक बन्द भएको छ।

मौसम पूर्वानुमान महाशाखाले बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, रोल्पा, बागलुङ, पाल्पा, म्याग्दी, नवलपरासी, कास्की, लमजुङ लगायत पश्चिमका धेरै ठाउँमा ठूलो पानी परेको जानकारी दिएको छ।

बबई, कर्णाली र नारायणी नदीमा बाढी आएको छ र बर्दियाका दौलतपुर, बर्गादही, राम्भापुर, रानीजरुवा र कुम्रा गाउँका खोलाहरूमा सावधानी अपनाउन आग्रह गरिएको छ। महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा आज दिउँसो पनि ठूलो पानी पर्न सक्ने र कोशी तथा मधेस प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको बताएको छ।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार