काठमाडौं -असार २
काठमाडौंको कलंकीस्थित इडिफाई इन्टरनेशल स्कुलको कम्पाउन्डभित्र आज एक दुखद दुर्घटना भएको छ।
विद्यालयको पार्किङबाट बाहिर निस्कने क्रममा एउटा ईभी भ्यान अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा कक्षा ४ मा अध्ययनरत ९ वर्षीया सोनाक्षी यादवको निधन भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएकी सोनाक्षीको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उक्त दुर्घटनामा भ्यान विद्यालयको गेट र पर्खालमा ठोक्किएको थियो।
यस घटनामा परी भ्यानका चालक ६० वर्षीय हर्कबहादुर खत्री, शिक्षक सुरज पोखरेल र विद्यार्थीहरू निकिशा डंगोल, ट्रिनिक्षा घर्तीमगर, सिम्रन खड्का, नौसिया थापा र ८ वर्षीया रेश्मा मोक्तान घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।










प्रतिक्रिया दिनुहोस्