कालिकोट
कालिकोट जिल्लाको रास्कोट नगरपालिकास्थित श्री बडिमालिका माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा गरेको उत्कृष्ट योगदानका लागि प्रतिष्ठित “PAN उत्कृष्ट विद्यालय पुरस्कार २०८२” प्राप्त गर्ने भएकाे छ।
प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (PAN) द्वारा प्रदान गरिने यो पुरस्कार विद्यालयको नेतृत्व, शिक्षाप्रतिको प्रतिबद्धता र विद्यालयले अवलम्बन गरेका नवीन शैक्षिक पद्धतिको उच्च मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गरिने भएकाे हो।
प्रा.डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित विज्ञ समितिले निर्धारण गरेको २५ वटा कडा शैक्षिक मापदण्डहरुको विस्तृत मूल्याङ्कन पश्चात श्री बडिमालिका मावि कर्णाली प्रदेशकै उत्कृष्ट विद्यालयको रुपमा छनोट भएको थियाे।
यो उपलब्धि विद्यालय परिवार, रास्कोट नगरपालिकाकाे लागि गौरवको विषय रहेकाे नगर प्रमुख धर्मराज शाहीले बताएका छन ।
( PAN) को दोस्रो राष्ट्रिय सम्मेलन २०८२ जेठ २३ गते पाेखरा सभा गृह हुने भएकाे छ । साे समयमा उक्त पुरस्कार ग्रहण गर्नका लागि सादर निमन्त्रणा गरिएको छ। राष्ट्रिय स्तरको उक्त सम्मेलनमा देशभरका शिक्षाविद्, नीति निर्माता, विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थी लगायत एक हजार भन्दा बढी व्यक्तिहरूको सहभागिता रहनेछ।
विद्यालयले शिक्षा क्षेत्रमा देखाएको उदाहरणीय कार्यको उच्च कदर गर्दै PAN ले यो सम्मान प्रदान गरेको हो। श्री बडिमालिका माविको यो सफलताले अन्य विद्यालयहरूलाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्न थप प्रेरणा मिल्ने विश्वास शाहीले लिइएको बताएका छन।
प्रिन्सिपल एसोसिएसन अफ नेपालले आयोजना गर्ने राष्ट्रिय सम्मेलनमा श्री बडिमालिका माविका प्रतिनिधिहरूको उपस्थिति रहनेछ, जहाँ उनीहरूलाई औपचारिक रुपमा वर्षको उत्कृष्ट विद्यालयको पुरस्कार प्रदान गरिनेछ।
यो सम्मानले विद्यालय, स्थानीय सरकार र समग्र शिक्षा क्षेत्रका लागि एक प्रेरणादायीक उत्सव बन्ने उप-प्रमुख मनिराज बरालले बताएका छन ।











प्रतिक्रिया दिनुहोस्