पचालझरना गाउपालिका शिक्षा शाखाले परीक्षा अनुगमन कार्यकाे थालनि गरेकाे छ ।
समाचार सारांश
- पचालझरना गाउँपालिकाको शिक्षा शाखाले शैक्षिक सत्र २०८१ को अन्तिम परीक्षा अनुगमन कार्य सुरु गरेको छ, र विभिन्न विद्यालयमा मर्यादित, अनुशासित र भयरहित वातावरणमा परीक्षा सञ्चालनका लागि निर्देशन दिइएको छ।
- जनप्रिय माध्यमिक विद्यालय बोलुगाउँमा कक्षा ८ को प्रश्नपत्र चोरी भएपछि पालिकाभरका सबै विद्यालयमा कक्षा ८ को परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।
- प्रश्नपत्र चोरीको घटनामा अनुसन्धान तीव्र पारिएको छ र दोषीहरूलाई कानुनी कारबाहीमा ल्याउने प्रक्रिया अघि बढाइएको छ।
शैक्षिक सत्र २०८१ काे अन्तिम परीक्षा फालगुण २६ गतेबाट पचालझरनाका सबै बिधालयहरुमा संचालन भईरहेकाे छ । पचालझरना गाउपालिका वडा नम्वर ६ स्थित जनप्रिय माध्यमिक विधालय बाेलुगाउ, पचालझरना गाउपालिका वडा नम्वर ७ स्थित पंगेलि माध्यमिक विधालय नुवाघर र भालिका आधारभुत विधालयमा अनुगमन कार्य सम्पन्न गरिएकाे हाे । परिक्षालाई मर्यादित अनुशासित र भयरहित वातावरणमा संचालन गर्ने सबै प्रधानाध्यापक र शिक्षकहरुलाई बरिष्ठ शिक्षा अधिकृत धुर्वलाल सज्यालले निर्देशन दिनु भएकाे हाे । पालिकाका सबै विधालयहरुमा अनुगमन गरिने समेत जनाईएकाे छ । जनप्रिय माध्यमिक विधालय बाेलुगाउमा २४ गते राति कक्षा ८ काे पश्न पत्र चाेरीय संगै अर्काे सुचना नआए सम्मका लागि सबै बिधालयकाे ८ काे परीक्षा स्थगित भएकाे शिक्षा युवा तथा खेलकुद शाखाले पत्राचार गरिसकेकाे छ । स्थगित परीक्षा कहिले संचालन हुन्छ भन्ने पत्रकारकाे प्रश्नमा शिक्षा श्राेत व्यक्ति नमराज शाहीका अनुसार एसिई परिक्षा भन्दा पहिलेनै सम्पन्न गर्ने उदेश्यले तयारी गरि रहेकाे बताउनु भयाे । पश्न पत्र चाेरि भए सगै उक्त विधालयमा अनुसन्धान बढाई सकेकाे र छिटै कानुनि कटघेरामा आउने अधिकृत सज्यालले बताउनु भयाे । प्रधानाध्यापकाे दराजबाट प्रश्न पत्र चाेरी हुनुले विधालय प्रशासन माथिनै प्रश्न चिन्ह खडा भएकाे छ । कक्षा ८ का सबै विषयकाे एक एक सेट प्रश्न पत्र चाेरी भएकाे छ ।










प्रतिक्रिया दिनुहोस्