भारत
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।
केआईआईटीमा अध्यनरत अर्का एक नेपाली विद्यार्थीका अनुसार वीरगंज घर भएकी प्रिसा साह होस्टलको कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन्
होस्टलको चौँथो तलामा रहेको कोठा भित्र झुण्डीएको अवस्थामा साथीहरुले फेला पारेको ति नेपाली विद्यार्थीले जानकारी दिए । उनी स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् । अहिले प्रथम वर्षको परिक्षा चलिरहेकोले छ ।
अहिले प्रहरीले घटनास्थलको मुचुल्कागरि शव परिक्षणका लागि लगेको जनाइएको छ । कलेज प्रसासनले अहिले अन्य विद्यार्थीहरुलाई होस्टलबाट बाहिर निस्कीन रोक लगाएको विद्यार्थीहरुले जनाएका छन् ।
गत फागुनमा पनि केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन्










प्रतिक्रिया दिनुहोस्