हुम्ला
हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नम्बर १, ठेहेगाउँका वलिराज भण्डारीले आफ्नो क्यासर पीडित काकाको उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् ।
पुर्व जनमुक्त्तिी सेनाका कम्पनी भिसी धन बहादुर भण्डारी (हिमाल)को कलेजोमा क्यान्सर भएकोले उक्त रोगको उपचारकालागि आर्थिक सहयोगको याचना गरेका हुन । शसस्त्र युद्धका क्रममा सुरक्षाकर्मीको गोली लागेर अपांगता भएका हिमाको आर्थिक अबस्था सारैनै कमजोर भएकोले उपचार गराउन असर्मथ भएको र तत्काल उपचार नभए ज्यान जाने जोखिम धेरै भएकोले आर्थिक सहयोगको याचना गर्नुपरेको हिमालका भतिजलेब बताए ।
धन बहादुर भण्डारी (हिमाल)को उपचारकालागिराष्ट्रिय बाणिव्य बैकको ५१६०१००००४८०४०१० नम्बरको खातामा रकम जम्मा गरेर वा ९८६११५८४४७ नम्बरमा सोझै सम्पर्क गरेर सहयोग गरिदिन अनुरोध गरेका छन । उनले काकाको उपचारकालागि सहयोग गरिदिन सबै संग आग्रह गरेका छन । हिमालको औषधिका माध्यमबाट क्यान्सरलाई निर्मूल गर्न सर्किने चिकित्सकहरूले जानकारी गराएपछि आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्